2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका ६ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

नन्दराम जैशी/मङ्सिर ५, जुम्ला । जुम्लाका ६ प्रतिशत बालबालिकाहरु अझै विद्यालय बाहिर रहेका छन् । 

गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरु बाल मैत्री हुन नसक्नु लगाएतका कारणले ६ प्रतिशत बालबालिहरु विद्यालय बाहिर रहेको बताइएको छ । अन्तराष्ट्रिय बाल दिवको पुर्व सन्ध्याको अवसरमा शनिबार जिल्लामा आयोजित सरोकारवाला नियकासँगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यस्तो जानकारी गराईएको हो ।    

जुम्लाको बाल अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दे जिल्ला बाल कल्याण समिति जुम्लाका अध्यक्ष पुर्ण प्रसाद धितालले जुम्लाका ६ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको बताउनु भयो । पारिवारिक, साथ संगत र विद्यालयको वातावारणका कारण ६ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको उहाँको धारणा थियो । यस्तै जुम्लामा रहेका होटलहरुमा बालबालिकाहरुले श्रम गर्नु पर्ने अवस्था रहेको कार्यपत्रमा उल्लेख गरिएको धितालको भनाइ रहेको थियो ।     

यता अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायहरुले बालश्रम न्युनिकरणको लागि अभियान थाल्नु पर्नेमा जोड दिएका छन् । अन्तरक्रियामा सहभागि होटल व्यवसायि र निर्माण व्यवसायिहरुका बिचमा अन्तरक्रिया कार्यक्रम भएको छ । 

बालश्रम न्युनिकरणका लागि सरोकारवाला निकायले कर्तव्य पुरा गर्ने, संयन्त्रहरु सक्रिय हुने, ऐन, नियमको पालना गर्नु पर्ने लगायतका काम गर्नु पर्ने सहभागिहरुले सुझाव दिएका छन् । १४ वर्ष मुनिका बालबालिहरुलाई विद्यालय नपठाई कुनै पनि काममा लगाएमा अपराध हुने भएकोले सम्बन्धित निकाय सबैको ध्यानकर्षण गरिएको अध्यक्ष धितालले बताउनु भयो ।         

नेपालको कानुन अनुसार १६ वर्षसम्मलाई बालबालिका भनिन्छ भने अन्तर्राष्ट्रिय कानुनमा १८ वर्ष सम्मलाई बालबालिका भनेर परिभाषित गरिन्छ । बालश्रम निषेध र नियमन गर्न बनेको ऐनमा १६ वर्षमुनिका बालबालिकालाई कठिन काममा लगाउन नहुने उल्लेख छ । 

तर कानुनकै धज्जी उडाउँदै जिल्लाका विभिन्न पक्षले निकृष्ट प्रकारको काममा लगाउँदा पनि सरकारी अधिकारीहरू कानुनी कारवाहीको पक्षमा देखिदैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने