पूर्णप्रसाद न्यौपाने/मङ्सिर ६, ओखलढुंगा । उपचारको अभावमा ओखलढुंगामा एक सुत्केरी महिलाको मृत्यू गएको छ ।
आज विहान सामान्य अवस्थामा छोरी जन्माएकी रगनी गाविस ७ निबासी २३ वर्षिय रीता मगरको उच्च रक्तस्रावका कारण मृत्यु भएको हो । गाँउमा रहेको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको र तत्काल उपचारका लागि अन्यन्त्र लैजान नसकेका कारण आज विहान ९ बजे घरमै सामान्य तरिकाले छोरी जन्माएकी मगरको अपरान्न ३ बजेको समयमा मृत्यू भएको स्थानिय सुशिला घिमीरेले बताउनुभयो ।
बच्चा जन्माीएपछि मगरको साल अड्किएर दिनभर उच्च रक्तस्राव भईरहेको भएपनि उपचारका लागि अस्पताल पु¥याउन नसक्दा मगरको ज्यान गएको स्थानीयको भनाई छ । जिल्लाको दुर्गम क्षेत्रका नागरिक सामान्य स्वास्थ्य उपचार नसक्दा ज्यान गुमाउन बाध्य हुनेगरेका छन् ।