२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा अझैं ७ महिनालाई पुग्ने नुन मौज्दात

७ मंसिर २०७३, मंगलवार ०४:१५

होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिममा अझैं ७ महिनालाई पुग्ने नुन मौज्दात रहेको साल्ट ट्रेनिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । 

यसअघि सुदूरपश्चिममा नुन अभाव भएको भन्ने भ्रामक हल्ललाई चिर्न र यथार्त जाँनकारी गराँउन सुदूरका बिभिन्न जिल्लाको भ्रमणमा रहेको साल्टको क्षेत्रीय कार्यालय टिमले मंगलसेनमा पत्रकार सम्मेलन गरि उक्त जाँनकारी गराएको हो । 

भारु ५०० र एक हजारको प्रतिबन्धका कारण कञ्चनपुरको महेन्द्रनगरमा रहेको डिपोमा सामान्य समस्या भएपनि सुदूरपश्चिमभर नुन अभाव रहेको भन्ने हल्ला गरिएको कुरा पूर्ण रुपमा गलत रहेको साल्ट ट्रेनिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाँप्रवन्धक केशव प्रसाद पाण्डेले बताए । 

सुदूरपश्चिमका सबै जिल्लाहरुमा पर्याप्त मात्रामा आयोडिनयुक्त भानू नुन मौज्दात रहेको भन्दै पाण्डेले उपभोक्ताहरुलाई तोकिएको जुनसुकै दिनमा पनि नुन लिएर जाँनसक्ने बताए । नुन अभाव भएको भन्ने हल्लाका पटछाडी नलाग्न सबैलाई अनुरोध गर्दै पाण्डेले तोकिएका बिक्रि केन्द्रहरु र डिपोमा यहाँका जनतालाई आवस्यक पर्ने नुन ७ महिनासम्मका लागि स्टक रहेको जाँनकारी दिए । 

स्थापना कालदेखीनै कर्पोरेशनले देशैभरी ६ महिनालाई पुग्ने नुन मौज्दात राख्ने गरेको जाँनकारी दिदै पाण्डेले साल्ट ट्रेनिङ रहदासम्म नुनको अभाव नहुनेमा बिश्वस्त हुन आग्रह गरे । यस्तै अछाम जिल्लामा मात्रै गतवर्ष ५ हजार क्यून्टल नुन ढुवानी भएकोमा १५ सय ७ क्यून्टल मौज्दात रहेको बताए । 

यो वर्षको लागि पनि मंगलसेन र कमलवजारमा गरि ४२ सय ११ क्यून्टल नुनको कोटा रहेको र ढुवानी भैरहेको जनाईएको छ । सरकारको ढुवानी अनुदानमा ९ रुपैयाँ केजीमा बितरण भैरहेको आयोडिन युक्त भानु नुन बजारमा पनि देखीनेगरेको भन्दै क्षेत्रीय कार्यालयको टिमले बजारमा बिक्रिबितरण भैरहेको पाईएमा बिक्रेतालाई २५ हजारसम्म जरिवाना र ५ वर्ष सम्म कैद हुनसक्ने कानुन रहेको जनाएको छ । 

यस्तै कर्पोरेशनका क्षेत्रीय सहायक महाँप्रवन्धक पाण्डेले अछामको रामारोशन र बिनायक क्षेत्रमा आयोडिन नुन बिक्रि केन्द्र खोल्न सकिने भएपनि जिल्ला स्तरवाट कुनै पनि दवाव र माग नआएको जाँनकारी गराएका छन । 

स्थानियको माग र सर्वदलिय सहमति सहित जिल्ला प्रशाशन कार्यालयको सिफारिस आएको खण्डमा अछामका २ तिन ठाँउमा आयो नुन बिक्रि केन्द्र खोल्न सकिने महाँप्रवनधक पाण्डेले बताएका छन । 

मंगलसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागि सञ्चारकर्मीहरुले अछामका थुप्रै गाँउहरुमा अझैंपनि ढिके नुन खानुपर्ने बाध्यता रहेको भन्दै अहिलेका प्रस्तावित १० वटा स्थानिय संरचना अन्र्तगतका मुख्य बजार क्षेत्रमा बिक्रि डिपो खोल्न आवस्यक रहेको सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की