2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका सरकारी कार्यालयका उजुरी पेटिका प्रयोगवीहिन

नन्दराम जैशी/मङ्सिर ७, जुम्ला । जुम्लाका सबै सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यालयले प्रदान गरेको सेवा सुविधा प्रति गुनासो तथा सुझाव लिनका लागि सुझाव पेटिका राखिएका छन् । 

कार्यालयको मुल प्रवेशद्धार नजिकै राखिने सुझाव पेटिका जोकोहीले पनि कार्यालय छिर्ने बेलामा सजिलै देख्न सक्छन् । कार्यालयवाट सेवा लिँदा सबै सेवाग्राहीहरु पक्कै सन्तुष्ट हुँदैनन् । सेवामा सुधारका लागि सेवाग्राहीकै सल्लाह, सुझाब र गुनासो लिन राखिने त्यस्ता सुझाब पेटिका जुम्लामा भने प्रयोगवीहिन बनेका छन् ।       

जुम्लाका सरकारी कार्यालयहरुमा राखिएका त्यस्ता सुझाब पेटिकामा बर्षौदेखि सुझाब तथा गुनासोहरु पर्न सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा राखिएको सुझाब पेटिकाहोस् वा जिल्ला विकास समिति जुम्लानै जिल्लाका कुनैपनि सरकारी कार्यालयमा राखिएका सुझाब पेटिमा एउटै पनि सुझाब परेको पाइदैन । उजुरी दिनु परे सेवाग्राहीहरु सिधै कार्यालयमा नै पुग्ने गरेका छन् । भने सुझाब पेटिका तिर कसैले ध्यान नै दिँदैनन् । दिनहुँ दर्जनको हाराहारीमा उजुरी आउने जिल्ला प्रहरी कार्यालयको समेत सुझाब पेटिका रित्तो भेटिन्छ । 

सुशासन व्यवस्थापन ऐन २०६४ अनुसार प्रत्येक कार्यालयमा सुझाब पेटिका राखिएको हो । सेवाग्राही नागरिकप्रति उत्तरदायी बन्न हरेक सरकारी कार्यालयमा उजुरी पेटिका राखिए पनि ती पेटिकामा सधै ताल्चा लगाइएका छन् । नेपाल खाद्य संस्थान शाखा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, खानेपानि र जिल्ला मालपोत कार्यालय जुम्ला लगाएत जिल्लाका प्रमुख कार्यालयमा राखिएका उजुरी पेटिकामा माकुराको जालोले घेरिएका छन् ।          

कार्यालय प्रमुख तथा कर्मचारीसँग सीधै गुनासो राख्न नसक्ने सेवाग्राहीका लागि राखिएका उजुरी पेटिका कार्यालयका भित्तामा रित्तो झुन्डिएका छन् । सेवाग्राहीको निकै भीडभाड हुने प्रशासन, जिल्ला विकास समिति, शिक्षा, कृषि, पशु, जनस्वास्थ्य, निर्वाचन, अदालत, प्रहरी लगायत सबै कार्यालयमा सुझाव पेटिका छन् । तर सुझाव नपरेपछि पेटिकाको कुनै वास्ता गरिएको छैन ।       

केही पेटिकाहरू पानीले भिजेर कुहिन थालेका छन् भने केहीमा धमिरा लागेको छ । साँचोमा समेत खिया लागेको छ । जिल्लाका सबै कार्यालयमा ‘नागरिक वडापत्र र सुझाव पेटिका सुशासनका लागि राखिएका हुन् । सबैले देख्ने ठाउँमा उजुरी पेटिका नभएको र यसबारे सेगाग्राहीलाई थाहा नभएर पनि यसको उपयोग हुन नसकेको हो कि भन्ने बिषयमा पनि चर्चा चलिरहेको छ । २/३ बर्षअघि सरकारी कार्यालयले महिनैपिच्छे पेटिका खोल्ने गर्थे ।     

 तर हिंजोआज गुनासो आउन छाडेपछि पेटिका पनि खोल्न छाडिएको कार्यालयका कर्मचारीहरूले बताएका छन् । ‘हिंजोआज टेलिफोन तथा इन्टरनेटको सुविधा भएपछि गुनसोहरू पेटिकामा भन्दा फोनमा आउन थालेका छन् । आफ्नो गुनासो कार्यालय प्रमुखलाई भेटेर राख्न सक्ने क्षमताको विकास सेवाग्राहीमा भएकाले उजुरी पेटिकाको महत्त्व घटदै गएको पाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने