५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ अनिवार्य यो पढ्नुस

७ मंसिर २०७३, मंगलवार ०९:२३

सास | रोजगारीको लागि वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ यो सामग्री तपाईलाई निकै सहयोगी बन्न सक्छ । किनकी कुनै घटना घट्नु भन्दा त्यस अघि साबधानी अपनाउनु राम्रो हुन्छ । सिंगापुरमा क्राइम रेट निकै कम छ, तर ध्यान दिनुस् सिंगापुर त्यसै सुरक्षित छैन यहाँको कानुन निकै कडा छ, साधारण र सामान्य ब्यबहारको कारण पनि तपाईलाई प्रहरीले जेलमा हाल्न सक्छ । आज हामी तपाइँलाई यस्तै ८ कामको बारेमा जानकारी गराउन गईरहेका छौं जुन सामान्य कुरा भएपनि सिंगापुर भने ब्याण्ड छ । 

१. घरभित्र पनि नग्न हुन पाईदैन 


सिंगापुरमा तपाई आफै एक्लै घरभित्र नाङ्गो अवस्थामा घुम्न पाउनुहुन्न । यसको मतलब यहाको सरकारले तपाइँको घर भित्रको अवस्थालाई पनि नियालीरहेको हुन सक्छ । यदी तपाइँ घरमा न्यूड अवस्थामा देखिनु भयो र उक्त अवस्थामा पक्राउ पर्नुभयो भने सरकारले पोर्नोग्राफीको मुद्धा लगाउबं सक्छ । साथै २ लाख भन्दा बढी फाइन लगाउन सक्छ । 

२. अरुको वाई-फाई प्रयोग नगर्नुस् 

नेपालमा अरुको वाइफाईको पासवर्ड पत्ता लगाएर चलाउन सकिन्छ तर यहाँ यदी तपाइँले अरुको वाईफाई चोरेर चलाउनु भएको छ भने पक्राउमा पर्न सक्नु हुन्छ । यसै कारण पनि तपैलाई ३ बर्षको जेल हाल्न सक्छ ।

३. ट्वाइलेट फ्लश गर्न नभुल्नुस 

सिंगापुरमा ट्वाइलेट प्रयोग गरिसकेपछी फ्लश नगर्नु पनि अप्राद मानिन्छ । यो नियम सार्वजनिक ट्वाइलेटमा लागु गरिएको छ । यसको लागि तपाइले १० हजारसम्मको फाइन लाग्छ ।  

४. सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध 

नेपालमा पनि यो नियम छ तर ब्यबाहारमा लागु भएको छैन तर सिंगापुरमा सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिएमा सिधै जेल जानुपर्ने नियम छ साथै फाइन पनि तिर्नुपर्ने हुन्छ । 

५. चुइंगम बेच्न वा खान पाइंदैन  

सिंगापुरमा च्युइंगम बेच्न र खान निषेध छ । २००४ देखि सिंगापुरमा यो बिषय कानूनी रुपमा बन्देज छ । यदी तपाइँ चुइंगम खाँदै गरेको भेटिनुभयो वा तपाइको साथमा चुइंगम भेटियो भने पक्राउ पर्न सक्नुहुन्छ । यसको सजाय २ बर्ष जेल वा ५० हजारसम्म तिर्नुपर्ने हुन्छ । 

६. समलिंगी यौनसम्बन्ध ब्याण्ड छ  

सिंगापुरमा एकै लिंगका पुरुष-पुरुष वा महिला-महिला बीचको यौन कार्य ब्याण्ड छ । यदी यसो गरेको भेटिएमा २ बर्षको जेल सजाय हुन्छ ।

७. गीत गुनगुनाउन पनि ब्याण्ड 

सिंगापुरमा सार्वजनिक स्थानमा गीत गाउन पनि ब्याण्ड छ । यसो गरिएमा ३ महिना जेल हुन्छ । 

८. कतैपनि थुक्न तथा फोहोर फाल्न मनाही  

सिंगापुरमा सार्वजनिक स्थानमा कतैपनि थुक्न वा कुनै फोहोर फाल्न पाउनुहुन्न यदी त्यसो गरेमा कानुनी रुपमा यसलाई ठुलो मुद्दा मानिन्छ । सार्वजनिक स्थानमा थुक्नु वा फोहोर गर्दा १ लाख भन्दा बढी फाइन तिर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ