Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

क्यानडाबाट पाकिस्तान आउँदै गरेको हवाइजहाजको ट्वाइलेट जाम भएपछि आकस्मिक अवतरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ९, एजेन्सी | क्यानडाको टोरन्टोबाट पाकिस्तानको लाहोरका लागि उडिरहेको पाकिस्तान एयरलाइन्सको जहाजमा रहेको शौचालय एक्कासी जाम भयो ।

ट्वाइलेट जाम भएर यात्रुहरुले दिसापिसाव गर्न नपाउने अवस्था सिर्जना भएको जानकारी पाएसँगै चालक दलका सदस्यहरुले विमान डाइभर्ट गरी बेलायतको म्यानचेस्टरमा लगेर आकस्मिक अवतरण गराउनुपर्यो ।

समाचार अनुसार पाकिस्तानी एयरलाइन्सको पिके ७९८ जहाजको शौचालयमा कुनै ठोस वस्तु अड्किएपछि जाम भएको थियो । उक्त बोइंग जहाजलाई म्यानचेष्टर विमानस्थलमा झण्डै ३ घण्टा राखेर शौचालयको पाइपलाइन सफा गरी लाहोरतर्फ उडाइयो । कुनै अज्ञात यात्रुले शौचालयमा ठोस वस्तु हालिदिएका रहेछन् ।

विमानका सबै शौचालय एउटै पाइपमा जोडिएका कारण एउटा जाम भएपछि सबै शौचालय जाम भए । जसका कारण विमानले आकस्मिक अवतरण नै गर्नुपर्ने अवस्था आयो ।