(एजेन्सी) | युक्रेनका एक युवकले आइफोन सेभेन खरिद गर्न आफ्नो नाम नै आधिकारिक रुपमा परिवर्तन गरेर आइफोन सेभेन राखेका छन्। यो हर्कतपछि उनले निःशुल्क आइफोन सेभेन पाएका छन्।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (एजेन्सी) | युक्रेनका एक युवकले आइफोन सेभेन खरिद गर्न आफ्नो नाम नै आधिकारिक रुपमा परिवर्तन गरेर आइफोन सेभेन राखेका छन्। यो हर्कतपछि उनले निःशुल्क आइफोन सेभेन पाएका छन्।"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

iPhone 7 पाउन यी युवाले आफ्नो नामनै iPhone Seven राखे

२०७३, १० मंसिर शुक्रबार १०:०७

(एजेन्सी) | युक्रेनका एक युवकले आइफोन सेभेन खरिद गर्न आफ्नो नाम नै आधिकारिक रुपमा परिवर्तन गरेर आइफोन सेभेन राखेका छन्। यो हर्कतपछि उनले निःशुल्क आइफोन सेभेन पाएका छन्। अर्थात् आइफोन सेभेनले आइफोन सेभेन पाएका छन्।

युक्रेनमा आइफोनले एउटा नयाँ अफर सुरु गरेको थियो। त्यसमा भनिएको थियो यदि कसैले आफ्ना नाम परिवर्तन गरेर आइफोन सेभेन राखेमा उसलाई निःशुल्क आइफोन सेभेन दिइनेछ। २० वर्षीय अलेक्जेन्डर ट्युरिन आफ्नो नाम बदल्न राजी भए। उनले सरकारी कार्यालयमा निवेदन दिए। त्यसका लागि उनले २ अमेरिकी डलर खर्च गरे। त्यसपछि उनले पाए ८५० अमेरिकी डलर बराबरको आइफोन सेभेन।

समस्या त्यतिखेर पर्यो जब उनको परिवारले उनको नयाँ नामप्रति आपत्ति जनायो। पछि उनले सबै कुरा परिवारलाई सम्झाए, बुझाए। आइफोन सेभेन (अलेक्जेन्डर) को भनाइ छ अहिले उनी यही नामलाई प्रयोग गर्नेछन्। विवाहपछि बच्चा हुने समयमा भने नाम परिवर्तन हुन सक्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा