दान बहादुर बुढा/मङ्सिर ११, मुगु । काठमाडौमा काममा लगाउछौ भन्दै ललाई फगाई गरि बसमा लिदै गरेको अवस्थामा मुगु प्रहरीले आज महिला,बालबालिका तथा युवा युवतीहरुलाई विच बाटैबाट उदार गरेको छ ।

मुगु जिल्लाका कार्कीवाडा,रुगा रोवा र श्रीनगर गाविसका विभिन्न गाँउहरुबाट काठमाडौ दक्षिणकालिमा रहेको शंकर ईट्टा भेट्टीमा काममा लगाई दिन्छु र बाल बालिका लाई निशुल्कमा पढाई दिन्छौ भनी लगाई फगाई गरि ९७ जनालाई काठमाडौ तर्फ लादै गरेको भन्ने सुचना आधारमा मुगु प्रहरीले सदरमुकाम नजिकै प्रहरी कार्यालय माथीबाट उद्घार गरेको हो ।

प्रहरीका अनुसार ९६ जना मध्य २४ जना १६ बर्ष मुनिका बालबालिका रहेको र गाविस अनुसार हेर्दा श्रीनगरबाट ४२,रोवाबाट ३१,काकीवाडा १७ र रुगाबाट ७ जना लान लागेका थिए ।

ईट्टा भट्टीका नाईके विजौरी गाविस ६ दाङ्ग घर भएको बताउने अन्दाजी ३० बर्षका पुरन पुन मगर र टिका लगाएकी दिदि बताउने स्थानिय सम्पर्कवाली मुगु जिल्ला सेरी ६ बर्ष २९ की ममता घतीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रहरी कार्यालयमा भेटीएका गाँउलेहरुले हिउदमा घरमा कुनै काम नभएको र कारखानामा एक हजार ईट्टा बोकेमा तिन सय र खाना बास र बाल बच्चालाई निशुल्क पढाउने भनेपछि बाल बच्चा र श्रीमती सहित हिडेको बताएका छन ।

नाईके मगरको साथमा कम्पनि र आफनै परिचय खुल्ने कुनै प्रमाण नभेटिएपछि थप अनुसन्धान गर्न दाङ्ग र रुकुम प्रहरीमा बुझन लागीएको हो र महिला तथा बाल बालिकालाई समेत मजदरीका लागी लान खाजेकाले नाईकेलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायव उपरिक्षक सारदा प्रसाद चौधरीले बताउनु भयो ।

मजदुरीमा जान लागेका सबै दलित समुदायका रहेका छन । श्रीनगर १ श्रीनगर गाँउका दलित अगुवा दानसिङ्ग नेपाली मुगुमा रहेको दलित समुदाय गरिब,पिछडिएको भएकाले यिनीहरुलाई फकाउन सजिलो हुने भएकाले पहिलो निसाना दलित समुदाय भएको र घर परिवार पाल्न काम पाईने र बाल बच्चाले सजिलै काठमाडौमा पढन पाईने भएपछि अरु भविष्य कुनै नसोची परिवारै काठमाडौ जान थालेको बताउछन ।

मुगुमा मजदुरी गर्ने कुनै काम नभएपछि बाध्य भएर जस्तो भएपनि काठमाडौ जान राजी भएका दलित परिवारका लागी जिल्लाले सोच्नु पर्ने अवस्था आएको उहाँ बताउनु हुन्छ ।

ईटटा भटटा धनी ललितपुर बुमती घर भएका राजु तुलाधरलाई फोन सम्पर्क गर्दा मुगु बाट नभएर दाङ्गबाट आफुले ५० जना उमेर पुगेका मजदुर ल्याउन ५ लाख दिएपनि मुगुबाट बाल बालिका,महिला समेतलाई ल्याउन र बाल बालिका लाई निशुल्क पढाई दिने बारे आफुले नभनेको बताएकाले हुलका हुल परिवारै लान खोजेकाले झन रहस्यमय बन्दा अनुसन्धान थाल्नु परेको पनि प्रहरी नायव उपरिक्षक चौधरीले बताउनु भयो ।

नाईके मगरले मुगुबाट काठमाडौसम्म प्रति बस १ लाख ५० हजारमा तिन वटा बस रिजर्व गरि लादै गरेका थिए ।

तस्बिर: नागरिक न्युज

November 26, 2016
काठमाडौँ - KTM, मुगु - MG, समाज
पढाई दिन्छु भन्दै काठमाडौँ लाँदै गरेका ९७ मजदुरलाई बाटैबाट उद्दार गरियो
By kit
6 मिनेट पढाइ