पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकल"/>
2026-09-19 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगामा छिमेक लघुवित्त विकास बैंकले १५ औँ वार्षिक उत्सव मनायो

पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकले वार्षिक उत्सवको अवसर पारेर फलफुल वितरण,दिपावली सहितका विभिन्न सामाजिक काम गरेको हो । शनिवार जिल्ला अस्पताल रुम्जाटारमा रहेका सबै बिरामी र बिरामीका कुरुवाहरुलाई फलफुल तथा जुस वितरण गरेको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा. प्रमोद कुमार यादव सहितका जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रुम्जाटारमामा कार्यरत डा. तथा स्थानिय सरोकारवाला, पत्रकार, सञ्चारकर्मी, छिमेक लघुवित्तका कर्मचारी,छिमेक लघुवित्तका सदस्यहरु लगाएतको उपस्थितीमा बिरामीहरुलाई सिघ्र स्वास्थ्यको कामना गर्दै फलफुल तथा जुस वितरण गरिएको छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालुका प्रबन्धक सन्तोष खनालले बताउनुभयो । लघुवित्तको उद्धेश्य र जिम्मेवारीसँगै अन्य सामाजिक कामहरु पनि विगत देखि गर्दै आएकाले यस वर्ष पनि यसलाई निरञ्तरता दिईएको उहाँको भनाई छ । 

फलफुल तथा जुस वितरण कार्यक्रम पश्चात जिल्ला स्वास्थ्य प्रमुख डा. प्रमोद कुमार यादवले छिमेक लघुवित्तलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । स्वास्थ्य र शिक्षाका क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै उहाँले गरिब र विपन्न बस्तिका नागरिकको जिविकोपार्जन सुधारमा विशेष भूमिका खेल्न उहाँले छिमेक लघुवित्तलाई आग्रह गर्नुभयो । समुदायका अधिकांश नागरिकहरु गरिबीका कारण जिवनशैलीमा सुधार गर्न नसक्दा विभिन्न रोगको सिकार बन्न बाध्य हुनुपरेको भन्दै त्यो अवस्था सुधारगर्न लघुवित्तको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

स्याउ,अण्डा,केरा,फ्रुटी लगाएतका फलफुल तथा जुस पाएपछि बिरामी र उनिहरुका आफन्तले अस्पतालको बेडमा रोगसँग लडिरहेको अवस्थामा सम्झीएको भन्दै खुसी व्यक्त गरेका थिए । छिमेक लघुवित्त विकास बैंकले वार्षिक उत्सवकै अवसरमा आईतबार र सोमबार दुई दिन सदस्यहरुका लागि बाख्रापालन तालिम सञ्चालन गर्ने जनाएको छ । २०७२ असारमा ओखलढुंगामा शाखा विस्तार गरेको छिमेक लघुवित्त विकास बैंकले जिल्लामा ४३ वटा केन्द्र निर्माण गरिसकेको छ ।

जिल्ला सदरमुकाम र आसपास तथा दुर्गमका समेत गरेर ४३ स्थानमा (केन्द्र)समुह निर्माण गरेको हो । शिक्षा तथा सरसफाई र कृषि तथा उत्पादनमुखी ऋण लगानी गर्दै आएको छिमेक लघुवित्तले ओखलढुंगामा ३ करोड,१६ लाख,७४ हजार लगानी गरिसकेको छ । भने ३३ लाख ३० हजार २ सय ९३ रुपैँया सदस्यहरुको बचत रहेको छिमेक लघुवित्त विकास बैंक ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई