२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको हुलासी सडक संगै विभिन्न सडकहरु कालेपत्रे हुने : सांसद खनाल

१२ मंसिर २०७३, आईतवार ०७:३४

 मंसिर १२, परासी । लामो समय देखि धुलोप्रदुषण र बाटोको समस्या झेल्दै आएका नवलपरासीका जनताहरु, अब हुने बाटोको विस्तार तथा कालोपत्रेले खुशी भएका छन् । जिल्लाको भौतिक पुर्वाधारको विकास गर्ने क्रममा जिल्लाका हुलासी, नहरबाटो तथा भित्री सडकहरु विस्तार एवं कालोपत्रे हुने भएपछि स्थायिन जनताहरु खुशी भएका हुन् । 

नेपाली कांग्रेसका नेता नवलपरासी क्षेत्र नं. ५ का सांसद एवं संसदीय दलका सदस्य विक्रम खनालले विकासको क्रमम पहिलो प्राथमिकता सडक सञ्जाललाई दिएको बताउनु भयो । सांसद खनालका अनुसार जिल्लाको मुख्य नाका महेशपुरदेखि पुर्वपश्चि राजमर्गमा जोडिने गरि वाईपास रोड, महेसपुरदेखि पञ्चनगरबाटोको निर्माण काम भैरहेको बताउनु भयो । करिब १२ करोडमा ठेक्का भएको सो बाईपास सडक कालोपत्रे हुने अवस्था समेत पुगी सकेको सांस्सद खनालले बतउनु भयो । 

त्यस्तै परासी सदरमुकाम देखि जमुनियाको नारायणचोकमा निस्किने १४ किलोमिटरको हुलासी बाटोपनि २५ करोडको स्टिमेटमा टेण्डर भई यसैबर्ष काम थालिने सांसद खनालले बताउनु भयो । उहाँका अनुसार अर्काे चिसापानी, मझौनी हुदै महेसपुर निस्किने भित्री सडकको पनि १५ करोडको स्टिमेट भईसकेको छ भने भुजहवा, सेमरी, दाउन्ने निस्किेन गरि १८ किलोमिटरको सडक ३ करोडको स्टिमेटमा टेण्डर भई निर्माण काम यसैवर्ष शुरु हुने बताउनु भयो । 

त्यस्तै अर्काे पुरानो हुलासी एवं नेपाली नहरको बाटो पुर्व त्रिवेणीधाम देखि पश्चिम सनई रुपन्देहिको सिमानामा जोडने बाटोको पनि विस्तारका लागि सरकारले ३२ करोडको रुपिया विनियोजन भई सकेको र पहिलो चरणमा ५ करोड रुपिया निकासा समेत भईसकेको नेता खनालले बताउनु भयो । भित्री सडक खण्ड मध्ये अर्काे महेसपुर, सुगौली, पिपरहिया हुदै राजमार्गमा जोडने १५ किलोमिटरको सडकका लागि ३.५ करोडक बजेट बिनियोजन भईसकेको छ भने अर्काे पंचनगर, जहदा, ज्यामिरेभार, दाउन्नेदेवी, रुपौलिया निस्किने २८ किलोमिटरको भित्री सडकका लागि २८ करोड रुपिया विजियोजन  भई कामको प्रारम्भका लागि ५ करोडको पहिलो किस्ता निकास समेत भईसकेको  छ ।  

 त्यस्तैै गेरमा, गेरमी हुदै क्षेत्र नं. ५ को क्षेत्रिय बाटोमा जोडिने सडक पनि विस्तार हुने लिस्टमा परिसकेको छ भने अर्काे हरपुरबाट पिपरहवा, मुडेरा हुदै सिस्वाको रिङ्गरोड जाडिने छ भने अर्काे पाल्ही, गाविस सडकलाई नेपाली नहरमा जोडिन काम समेत थालिएको बताइएको छ । 

जिल्लामा विस्तार एवं कालेपत्रे हुने ११ वटा सडकहरु मध्ये ६ वटा सडकको टेण्डर भईसकेको छ भने बाकी सडकहरुको टेण्डर प्रकृयामा रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा विस्तार हुने सबै सडको टेण्डर प्रकृया सकि निर्माण काम यसैवर्ष शुरु हुने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली