पढ्न करिब 1 मिनेट लाग्छ

शशिधर भण्डारी/मङ्सिर १३, प्यूठान । सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रश्ताव लिए सशक्त आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

सोमबार बिहान विद्यार्थी संघ/संगठनहरुहरुले विरोध र्याली निकालेर बाग्दुला बजार परिक्रमा गर्दै कुनै पनि हातलमा प्रदेश नं. ५ लाई संविधान टुक्राउन नमिल्ने भन्दै संशोधनको नाममा अलग्गाउन खोजे कडा संघर्ष तयार रहेको विद्यार्थी नेताहरुले बताएका छन् ।

प्रदर्शनमा अनेरास्ववियू का केन्द्रिय सदस्य विनोद भण्डारी, जिल्ला कोषाध्यक्ष दिल बहादुर दशौदी, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सचिव अच्युत गौतम, नेबिसंघका जिल्ला अध्यक्ष एन पी मगर, अनेरास्वबियु (छैठौँ)का सचिव सदद न्यौपाने, राष्ट्रिय प्राजातान्त्रिक विद्यार्थीका धनेश्वर पण्डित लगायतले सरकारले माग बेवास्ता गरे विद्यार्थीहरु जस्तो सुकै संघर्ष गर्ने चेतावनी दिएका थिए ।

प्रदेश नम्बर पाँचका रोल्पा, रुकुम, प्युठान, अर्घाखाँची, पाल्पा र गुल्मी तथा चार नम्बर प्रदेशबाट बाग्लुङलाई छुट्याएर सरकारले आठौं प्रदेश बनाउन प्रस्ताव गरेको छ ।