2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा र राप्रपा नेपालको एकिकरणले राष्ट्रवादी शक्ति एक बनेको थापाको भनाई

मङ्सिर १६, हेटौडा | राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ । 

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक  हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनैतिक दल प्रति वितृष्णा जागीरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनाताले खोजे जस्तो नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपानै भएको दाबी गर्नु भयो  । 

त्यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपपति शम्सेर जबराले मुलुकलाई हिन्दु राष्ट्र बनाउने एकिकृत राप्रपाको प्रमुख लक्ष्य भएको बताउनु भएको छ । अध्यक्ष जवराले ९० प्रतिशत भन्दा धेरै ओमकार परिवार भएको मुलुकको लागि हिन्दु राष्ट्र अनिवार्य भएको बताउनु भयो । नेपालमा देखिदै गएको धर्म परिवर्तनको अवस्था निकै खतरनाक रहेको भन्दै जबराले नेपालको पहिचानको लागि हिन्दु राज्य अनिवार्य रहेको बताउनु भयो  । मुलुकले इमान्दार राजनीतिक दल नपाएको बताउँदै अब एकिकृत राप्रपानै त्यस्तो शक्ति रहेको पनि उहाँले बताउनु भयो । 

कार्यक्रममा बोल्दै राप्रपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारले दर्ता गराएको संविधान शंसोधनको प्रस्ताव आफुहरुको पार्टीलाई मान्य नहुने बताउनु भयो । सरकारले संविधान शंसोधनको औचित्य पुष्टि नगरि पहाड र तराई टुक्राउन खोजेको भन्दै उहाँले शंसोधन प्रस्तावले मुलकलाई हित नगर्ने बताउनु भयो । कार्यक्रममा राप्रपा नेता तथा भुमिसुधार ब्यवस्था मन्त्री बिक्रम पाण्डे, नेता बुद्धिमान तामाङ लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका नेताहरु दिपक सिंह, गणेश थापा, मधु अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ