कृष्ण खनाल | मङ्सिर १७, बुटवल | प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल | मङ्सिर १७, बुटवल | प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शि"/>

2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा उर्लियो जनसागर – चार दलले भने ‘जस्तो सुकै आन्दोलन छेड्न तयार छौं’


कृष्ण खनाल | मङ्सिर १७, बुटवल | प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्षस्थ नेताहरुले विरोध गरेका छन् ।

 बुटवल आयोजना गरिएको संयुक्त विरोध सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव तथा पुर्व अर्थ मन्त्री विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता तथा पुर्व उपप्रधान मन्त्री  टोप बहादुर  रायमाझी, नेपाली काग्रेसका केन्द्री सदस्य चन्द्र भण्डारी एमाले नेताहरु गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, बैजनाथ चौधरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल लगायतले सम्बोधन गर्दै   प्रदेश नम्बर ५ बाट कुनै पनि जिल्लाहरु टुक्राउन नदिने बताएका हुन । 

 संयुयक्त  विरोध शभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव, पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेलले सम्बोधन गर्दै संविधान कार्यान्वयको चरणमा रहेको बेला सरकारले संविधान संसोधानको विध्येक दर्ता गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानेको टिप्पणी गरेका छन् । 

उनले प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्ड लगायत यस क्षेत्रका नेताहरुलाई  मन्त्री तथा पार्टीको पद त्यागेर जनताको भावना बुझ्नको लागि गाउ गाउमा जान आग्रह समेत गरे । ‘पाटीको झण्डा र मन्त्री पद भन्दा पनि बढि राष्ट्रियता ठुलो हो, यसमा नेताहरुको ध्यान जानु जरुरी  छ ।’ उनले भने ।  जनताको भावना विपरित  संसोधनको प्रस्ताव आएको भन्दै उनले यो प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताएका थिए । 

 संयुक्त विरोध सभालाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री, तथा नेकपा माओवादी(केन्द्र)का केन्द्रीय नेता, अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोप बहादुर रायमाझीले पार्टी भन्दा पनि ठुलो जनता भएको कारण आफुले जनताको पक्षमा अखण्ड प्रदेश नम्बर ५ को पक्षमा उभिएको बताएका थिए । 

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर ्१ का सांसद चन्द्र भण्डारीले प्रदेश नम्बर ५को एकतालाई गिद्दे दृष्टि लगाएर विखण्ड गर्न खोजिएको आरोप लगाएका थिए । तराईका जनताहरुको ढाडमा टेकेर देश टुक्राउने काम भएको भन्दै नेता भण्डारीले आफु कुनै पनि हालतमा कायर नबन्नेर  प्रदेश विखण्ड हुनबाट  जसरी भएपनि रोक्ने प्रतिवद्वता जनाएका थिए । 

विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा  पौडेल ले नालापानी किल्ला जोगाउनको लागि भोक भोकै लडेका नेपालीहरु प्रदेशको विखण्डनको विरुद्व पनि जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताएकी थिईन् । 

नेपाली जनता कहिल्यौ झक्न नजानेको भन्दै उनले प्रदेश नम्बर ५  जगाउनको लागि अन्तीम लाडाईं लड्न पनि तयार रहेको  बताएकी थिईन् । उनले भनिन्–‘बुटवल मुटु हो, यहाँ सुरु भएको आन्दोलनको रापले देश जलाउनेछ, त्यसकारण अखण्ड  प्रदेशको लागि आजबाट नेताहरुमा बुद्धी पलाउनु जरुरी रहेको छ ।’

कार्यक्रममा सम्बोधन गर्दै एमाले उपमहासचिव घनश्याम भुषालले नाकान्दीको बेला रुपन्देहीले बचाएको देशलाई अहिले सरकारमा नेतृत्व गर्नेहरुले चिरा चिरा पारेर उपहार दिने प्रयास गरिएको भन्दै यसको विरुद्वमा जो कोही पनि आन्दोलन छेड्न  तयार रहेको बताएका थिए 

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले देश ईतिहासको कालखण्डमा गयिम्भर मोडमा उभिएको भन्दै सरकारले मध्यरातमा संसोधन प्रस्ताव दर्ता गरी प्रदेश नम्बर ५ का जनताहरुको आँखा छारो हाल्ने काम गरेको आरोप लगाएका थिए । 

नेकपा एमालेका सचिव तथा पुर्व मन्त्री  गोकर्ण विष्टले नेपाल र नेपाली गौरवका साथ बाच्ने वातावरण सृजना गर्नुको साटो  विखण्डन को काम गरिएको भन्दै यसको विरुद्वमा  जो कोही नेपालीहरु एक जुट हुने बेला आएको बताएका थिए । 

कार्यक्रममा एमालेका सांसद बैजनाथ चौधरीले जनताको माग भन्दा पनि  पृथक किसीमले आएको प्रस्तावको विरुद्वमा सबैको ऐक्यवद्वता भएको बताएका थिए । जनतामा एक प्रकारको जनलहर सृजना भएको भन्दै नेता चौधरीले यसको प्रवाह सरकारले थेग्न नसक्ने भन्दै एक दुई दिनमा प्रस्ताव फिर्ता गर्नुपर्ने बताएका थिए । स्वतःस्फुतरुपमा जम्मा भएका विभिन्न व्याक्तिहरुको सहभागीतामा बुटवलको राजमार्ग चौराहबाट विरोध र्याली ट्राफिक चोकम पुगेर समापन भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई