2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

मङ्सिर २०, बागलुङ । राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ । 

भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ । 

उक्त खण्ड दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७१ माघमा सम्झौता भएको थियो । अहिले सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली काट्ने, ‘ग्राबेल’ लगायतका काम भइरहेको छ । आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माका अनुसार आगामी एक वर्षभित्र सडक कालोपत्रे हुनेछ । 

“प्रतिकुल परिस्थितिले समयमै काम हुन सकेन, समय थपेर एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ” – इन्जिनियर शर्माले भन्नुभयो । चवालीस किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर निर्माणको जिम्मा दिइएको छ । हटियादेखि खर्बाङसम्मको १६ किमी सडक ‘शङ्कर माली’ले कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ । खर्बाङदेखि भीमगिठे ठूलाबेसीसम्मको अर्को १६ किमी सडक चालु आवभित्रै कालोपत्रे गर्ने गरी ‘रौताहा कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएको छ । 

ठूलाबेसी भीमगिठेदेखि बुर्तिबाङसम्मको १२ किमी सडकमा ‘दिवा कन्स्ट्रक्सन’ले काम गरिरहेको छ । मापदण्डअनुसार सडक विस्तार गर्ने क्रममा ठूलाबेसी–बुर्तिबाङखण्डमा ३० वटा घरटहरा हटाइएको ‘दिवा कन्स्ट्रक्सन’का इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले काम तीव्र रुपमा अघि बढेकाले निर्धारित समयमै निर्माण हुने बताउनुभयो । 

बुर्तिबाङ शेरादेखि निसी पातीहाल्नेसम्मको ४२ किमी सडक पनि तीन वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाले जनाएको छ । बुर्तिबाङ–बोहरागाउँ १७ किमी पनि ‘शङ्कर माली’ले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किमी ‘कालिका प्यासेफिक’ र अन्तिमखण्ड चरिबाङदेखि पातीहाल्नेसम्मको १० किमी २०० मिटर सडक ‘कन्काई कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएका छन् । 

लोकमार्गको बागलुङखण्डमा पर्ने १३५ किमी सडकमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किमी सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी ११५ किमी सडकलाई पनि विभिन्न खण्डमा बाँडेर स्तरवृद्धि र कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर शर्माले बताउनुभयो । “अबको तीन वर्षमा बागलुङखण्डको सबै सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ”, इन्जिनियर शर्माले भन्नुभयो – “लोकमार्गको बागलुङखण्डमा सबैभन्दा बढी काम भएको छ, अन्य जिल्लाको तुलनामा नमुना रुपमा काम भइरहेको छ ।” 

उहाँले बागलुङमा पर्ने दुई वटा पक्की पुलको मात्र ठेक्का हुन बाँकी रहेको जानकारी दिनुभयो । लोकमार्गको बागलुङखण्डमा पर्ने १८ वटा पक्की पुलमध्ये १२ वटा निर्माण भइसकेका छन् । लब्दीखोला, निसीको भल्कोट, भीमगिठे र निसीकै चारिबाङमा निर्माणाधीन पुलको काम चालु आवमा सकिने जनाइएको छ । 

सरकारले लोकमार्गको पश्चिमखण्डलाई अबको तीन वर्षभित्र कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य लिएको छ । लोकमार्गको पश्चिमखण्डको लागि चालु आवमा सरकारले रु एक अर्ब ४२ करोड बजेट विनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्मका १४ वटा जिल्लामा पर्ने एक हजार ९७ किमी सडकका लागि यो बजेट छुट्याइएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई