२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी औद्योगिक ब्यापार मेला २०७३ को तयारी तिब्र

२०७३, २० मंसिर सोमबार ११:३९

मङ्सिर २०, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा सुनवलमाहुनगइरहेको पश्चिमाञ्चल स्तरिय नवलपरासीऔद्योगिकब्यापार मेला २०७३ तथा कृषिप्रर्यटन उद्योग व्यापार एवंम सूचनाप्रविधिको बृहतप्रर्दशनीको तयारी तिव्ररुपमा अगाडि वढिरहेको छ । 

मेलाआयोजकले मेलालाई भब्य र सब्य रुपमा सफल वनाउनका लागी विभिन्न सरोकारवालहरु संग छलफल तथा अन्तरकृया कार्यक्रमलाई पनि तिव्रता दिएको छ । कार्यक्रमका सहभागिहरुले आआफनो संघसंस्थाको तर्फबाट मेलालाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता समेत जनाई सकेका छन । 

मेलाको मुल गेट माया देविमन्दिर आकारको वन्दै छ भने नवलपरासी जिल्लालाई कृषि ,पर्यटन एवं औधोगिक जिल्लाको रुपमा परिचित गराउदै यस क्षेत्रको धार्मिक ,ऐतिहासिक ,सस्कृतिक,पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरी समग्र आर्थिक अवस्था तथा सामाजिक क्षेत्रको विकास गराउन , एकै थलोवाट हातोमालो गरी राष्ट्रिय अन्तराष्ट्रिय वजार सम्म औधोगीक , लघु उद्यम तथा कृषिजन्य उत्पादनहरुको वजार विस्तार गर्न , उपभोक्तावर्गलाई मुलुकभित्रै किनमेल गर्ने वानीको विकास गराउ साथै  शिक्षा स्वास्थ्य र कृषि क्षेत्रको प्रर्वद्धन एवं सुचनातथा विज्ञान प्रविधिको ब्यापकप्रचार प्रसार मा टेवा पु¥याउदै जिल्लावासीको जिवनस्तरलाई माथि उठाउन प्रयत्नशिल रहने मेलाको लक्ष्य रहेको छ । 

मेलामा बाल उद्यान तथा रमाईलो मेला व्यवस्थापन उपसमितिका संयोजक तथा उवासंघका वाणिज्य तर्फका उपाध्यक्ष नगेन्द्र अग्रहरीले बालबालीकालाई मेलामा आकर्षण गर्ने हिसावले विभिन्न किसिमका खेलहरु ,डुगां सफारी ,उट ,चौरी गाई अवलोकन ,हेलिकप्टरद्धारा प्रर्यटकीय स्थलको अवलोकन लगायत रहेको बताउनु भएको छ । 

मेलाको आर्थिक संकलन उपसमितिका संयोजक एवंम उवासंघका कोषाध्यक्ष राजेश कुमार गुप्ताले विभिन्न संघ संस्था सरकारी निकाय ,उद्योगहरुसंग सहकार्य समन्वय गरेर मेला संचालन गर्न लागेकोले अरु स्थानको मेला भन्दा आफुहरुले आयोजन ागर्न लाग्नुभएको मेला फरक रहने साथै मेलाको तैयारी अन्तिम चरणमा पुगिसकेको बताउनुभएको छ ।  

गत वर्षका मेलाहरुबाट सिक्दै यस वर्ष मेलामा कृषकहरुलाई विशेष प्राथमिकताका स्थान दिने पनि कोषाध्यक्ष गुप्ताले बताउनुभयो । यस्तै गुप्ताले जिल्लामा रहेका राजनैतीक दलहरुले पनि मेलालाई पुर्ण रुपले सहयोग र साथ दिने भएकाले मेला जुन सुकै परिस्थितीमा पनि संचालन गरिने बताउनुभयो । 

टिकट व्यवस्थापन उपसमितिका संयोजक एवंम क्षेत्र नं ३ का क्षेत्रिय सदस्य सुवाश चन्द्र जिशिले मेला अवलोकन गर्न आउने विद्यार्थीहरुलाई टिकटमा ५० प्रतिसत सहुलियतका साथ मेला अवलोकन गर्ने व्यवस्था मिलाउने बताउनु भएके छ । यस्तै जिशिले प्रवेश टिकटमा मात्रै नभई बाल उद्यानमा पनि बालबालीका विद्यार्थीहरुलाई विशेष सुविधाको व्यवस्था गरेको बताउनुभयो । 

मेलाको मुख्यआकर्षणमा माया देवि आकारको मुल गेट , खेतीयोग्य जमिनको माटो परिक्षण घुम्ति शिविर संचालन , हेलिकप्टरद्धारा प्रर्यटकीय स्थल अवलोकन , कोलद्धारा उखु र अमिलो पेल्ने व्यवस्था, हिमाली चौरी गाईको अवलोकन , जिल्लाका प्रर्यटकीय स्थलहरुको श्रव्य दृश्य प्रर्दशनी लगायत रहेका छन । 

मेलामा २५० वटा स्टलहरु रहनेछन् । जसमा छाना सहितको १०÷१० फिट को स्टल ब्यवस्थानिर्माण भैसकेका छन । स्टलमा वस्तुको प्रकृतिको आधारमा भिन्दाभिन्दै क्षेत्र निर्धारण हुने छ । यस क्षेत्रको गौरव तथा महत्वलाई थप उचाइमा पु¥यानउन महत्वपुर्ण भुमिका खेल्ने मेलालाई भब्य र सब्य रुपमा सफल वनाउन मुलआयोजक समिति सहित विभिन्नउपसमिति गठन गरेर कार्य विभाजनगरि कामभइरहेको छ  । उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा सुनवलमा हुने मेला यहि मंसिर २३ गते देखि पुस ३ गतेसम्म संचालन हुने छ जसमा एकलाख दर्शकले मेला अवलोकन गर्ने र मेलामा पाच करोड वरावरको कारोवार हुने संघ को अपेक्षा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ