मङ्सिर २०, अर्घाखाँची | अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा ६ दिन देखि आन्दोलन जारी रहेको अर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २०, अर्घाखाँची | अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा ६ दिन देखि आन्दोलन जारी रहेको अर्"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा उर्लीयो जनसागर सबै दलहरु एकै ठाउँमा

२० मंसिर २०७३, सोमबार १४:३९

मङ्सिर २०, अर्घाखाँची | अर्घाखाँची लगायत पहाडी जिल्लालाई पाँच नम्वर प्रदेशवाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको  विरुद्धमा ६ दिन देखि आन्दोलन जारी रहेको अर्घाखाँचीमा आज विशाल जन प्रदर्शन गरिएको छ । 

पाँच नम्बरलाई टुक्राउने गरि संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा बुधबार देखि सुरु गरिएको आन्दोलनका कार्यक्रम अन्तर्गत आज बिशाल जन प्रदर्शन र विशाल सभा गरिएको हो । जन प्रदर्शन सन्धिखर्कको टुडीखेलबाट सुरु भई शान्ती बगैचा, मेन रोड, हललाईन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, गुन्टीखोला हुदै पुन टुडीखेलमा गएर बिशाल शभामा परिणत भएको छ । सभालाई सम्वोधन गर्दै संसद तथा एमाले नेता दुमनसिंह थापाले संविधान संशोधन माग मधेसी जनताको नभई भारतको ईशारामा शंसोधन भएको बताए । थापाले बुद्ध भारतमा जन्मेको हो भनी दावी गरेको समयमा अन्तराष्ट्रिय देशहरुले बुद्ध नेपालमा नै जन्मेको हो भनी नपत्याएको खण्डमा तराई प्रदेश केही समयमा सवै भारतले लैजाने रणनिती गरी संविधान शंसोधन गरिएतापनी संशोधन गरिएको प्रस्ताव फेल हुने दावी गर्नुभयो ।


g]पाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मूस्कानले सबै नेता तथा कार्यक्रताहरु एकजुट भएर पहाड र तराई एक ठाउ बनाउन लाग्नु पर्ने बताए । उनले दलिय अडान भन्दा माथी उठेर देस र जनताको लागि काम गर्नु पर्ने बताए ।माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काले पाटी भन्दा ठुलो देस र जनता भएकोले जनताको भावनालाई लिएर सम्सोधन प्रस्तावको विरुद्धमा लागेको बताए । उनले सबै एक जुट भएमा अखण्ड पाँच नम्बर प्रदेश बनाउन सकिने बताए एमाले कन्द्रिय सदस्य नजिर मिया, कांग्रेसका नेता कमल प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाका शेर बहादुर बिसी, नँया शक्तिका जिल्ला संयोजक खिम बहादुर बिक, राप्रपाका अम्मर थापा, परिवार दलका   भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष  सोभाखर पन्थी, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अन्तर पाटी महिला सञ्जालकी जिल्ला अध्यक्ष शुसिला गैरे लगायतले सम्बोधन गर्नु भएको थियो ।

बन्दका कारण जिल्लाका सम्पुर्ण शैक्षिक सस्था ,कलकरखाना, बजार र यातायातका सम्पुर्ण साधन मंगलबारदेखि ठप्प रहेका छन् । विद्यालयको रोकिएको अर्ध बाषिृक परीक्षालाई भोलि मंगलबार देखि सुचारु गर्न दिईने संघर्ष समितिका संयोजक बिष्णु खनाल मुस्कानले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह