२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरमा ३ करोडको लगानीमा खानेपानी पूर्वाधार निर्माण

२१ मंसिर २०७३, मंगलवार १०:४५


अजयकुमार साह । मंसीर २१, उदयपुर । नौंबर्षदेखि निर्माण कार्य सुरु भएको उदयपुरको हडिया खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएकोछ । 

नेपाल सरकार र स्थानीय जनश्रमदान गरी तीन करोडको लगानीमा निर्मित आयोजनाको सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले आईतबार उद्घाटन गर्नुभएकोछ । खानेपानी आयोजनाले हडिया गाविसको प्रमूख समस्याको रुपमा रहेको खानेपानीको समस्या हल भएको छ । हडियाको डिपबोरीङ मुहानबाट ल्याइएको खानेपानीको १ लाख लिटरको ओभरटेक ट्यांकी निर्माण गरिएको छ । 

हडियाको ५,६ र ७ वडाका करिब १ सय घरधुरीलाई प्रत्यक्ष लाभ पुर्याईरहेको आयोजनाले निकट भविष्यमै ६ सय घरधुरीलाई सुविधा पुर्याउने हडिया खानेपानी तथा सरसफाई समिति हडियाका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो । मुहरीया, हात्तिसार, हडियाबजार, अँधेरी, शान्तिनगर, डाँडाटोल, मिल्सएरियामा पाईपलाईन वितरण गरिएको खानेपानी आयोजनालाई धेरै भन्दाधेरै उपभोक्तालाई सुविधा पुर्याउने समितिले जनाएको छ । 

खानेपानीको सुविधा भएपछि हडियाबासीले सुःखको श्वास फेरेका छन् । विशेषगरी खानीको अभावमा महिलाहरुलाई समस्या हुने गरेकोमा अव समस्या हल हुनेभएकोमा खुसी भएका छन् । खानेपानी आयोजना नहुँदा हडियाबासीले कष्टका साथ पिठ्यूमा बोकेर खाने गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य