यसै मंसिर २३ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यसै मंसिर २३ गते"/>

2026-09-19 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको सुनलमा हुने मेलाको तयारी अन्तिम चरणमा

मङ्सिर २१, नवलपरासी | नवलपरासीको सुनलमा हुन लागेको तेश्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेलाको अतयार अन्तिम चरणमा पुगेको छ । 

यसै मंसिर २३ गते विहिबारदेखि संचालन हुने मेलामा मुल गेट, मञ्च, स्टल, बाल उद्यान, सचिवालय, शौचालय लगायतको निर्माण काम सम्पन्न भई मेलाको तयारी अन्तिम चरणमा पुगेको उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो । 

अध्यक्ष थापाका अनुसार मेलाको बाण्डरी गर्ने देखि लिएर स्टल निर्माण, मन्च व्यवस्थापन, मुल गेट निर्माण, बाल उद्यान, व्यस्थित पार्किङ्ग र सचिवालयको निर्माण कार्य सम्पन्न गरि मेलाको गाउँगाउँ व्यापक प्रचार प्रसार र विभिन्न संघ संस्थाहरु तथा स्थानिय प्रशासनहरु संग समन्वयको काम भैरहेको बताउनु भयो । यस वर्ष मेलाको मुख्य आकर्षण भगवान गौतम बुद्धको आमा,मायादेवी मन्दिर आकृतिको मुल गेट, हेलिकप्टर, सयर, डुङ्गा सयर, बाल उद्यान, सांस्कृति प्रदर्शनी र सचिवालय रहने अध्यक्ष थापाले जानकारी दिनु भयो । 

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै जिल्लाको महत्वपुर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गराउने यस मेलाको उद्देश्य रहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनु भयो । बरिष्ठ उपाध्यक्ष गुप्ताका अनुसार मेलामा, जिल्लाका कृषि उपजहरु तथा उद्योग उत्पादका बस्तुहरुको वृहत प्रदर्शनी गर्ने रामग्राम स्तुप, पण्डितपुर देवदह, त्रिवेणीधाम, नन्दन ताल, मौलाकालिका, मदारबाबा, थारु भिलेज र मौलाकालि लगायतका धार्मिक स्थलहरुको वृतचित्र माफर्त प्रदर्शनी समेत गर्ने बताउनु भयो । 

मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गर्ने संघका महासचिव पाण्डेयले बताउनु भयो । मेलामा करिब २ सय व्यापारिक स्टलहरुको व्यवस्थापन गरिएछ भने मेलाको व्यापक प्रचारप्रसारले नेपाल भारत गरि ३ लाख दर्शकले मेला अवलोकन गर्ने र मेलामा करिब ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने महासचिव पाण्डेले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो