Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासी व्यपार मेलाको उदघाटन उपराष्ट्रपति पुनले गर्ने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २२, परासी । नवलपरासीको सुनवलमा हुन लागेको तेश्रो औद्योगि व्यपार मेलाको तयारी पुरा भएको छ ।

मेलाको मुल गेट निर्माण संगै बाण्डरी, मञ्च, स्टल, बालउद्यान, शौचालय लगायतका मेलाको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । उद्योग वाण्ज्यि संघ नवलपरासीले आयोजना गरेको यस औद्योगि व्यपार मेलाको भोली विहिवार एक भव्य समारोह बिच उप राष्ट्रपति नन्द बहादुर पुनद्धारा मेलाको उद्दघाटन हुने छ ।

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना भैरहेको मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गरिने छ भने मेलामा जिल्लाका महत्वपुर्ण एैतिहासिक ओझेलमा परेको धार्मिक एवं पर्यटकिय क्षेत्रको व्यापक प्रचार प्रसार गरि अन्तराष्ट्रि जगतमा चिनाउन समेत मेलाको उद्देश्य रहेको आज आयोजित पत्रकार सम्मेलन माफर्त संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

अध्यक्ष थापाका अनुसार मेलामा मायादेवी मन्दीर आकृतिको मुल प्रवेशद्धार, कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान, माटो परिक्षण, चौरी गाई, राउटे र उँट समेतको प्रदर्शनी यस मेलाका विशेष आकर्षण रहेने जानकारी दिनु भयो ।

खास गरि मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गरिने संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो ।

भोली विहिवार २३ गतेदेखि संचालन हुन लागेको मेला पुषको ३ गते सम्म चल्ने छ । मेलामामा करिब ३ लाख दर्शकले मेला अवलोकन गर्ने छन भने मेलामा करिब ७ करोडको आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ ।