मंसिर २३ पोखरा । पोखराको बढ्दो सवारी चापलाई ध्यान दिदै पृथ्वीचोकमा रहेको आइल्यान्ड सहित सबै आइल्यान्ड र आइल्यान्डमा रहेका सालिकलाई छिट्टै व्यवस्थापन गरिने भएको छ । ट्राफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २३ पोखरा । पोखराको बढ्दो सवारी चापलाई ध्यान दिदै पृथ्वीचोकमा रहेको आइल्यान्ड सहित सबै आइल्यान्ड र आइल्यान्डमा रहेका सालिकलाई छिट्टै व्यवस्थापन गरिने भएको छ । ट्राफ"/>

2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका आइल्यान्डलाई व्यवस्थापन गरिने

मंसिर २३ पोखरा । पोखराको बढ्दो सवारी चापलाई ध्यान दिदै पृथ्वीचोकमा रहेको आइल्यान्ड सहित सबै आइल्यान्ड र आइल्यान्डमा रहेका सालिकलाई छिट्टै व्यवस्थापन गरिने भएको छ । ट्राफिक व्यवस्थापनमा सहयोगी बन्नुपर्नेमा आइल्यान्डको परिधि ठूलो र भद्दा हुँदा समस्या देखिए पछि त्यसलाई व्यवस्थापन गर्न लागिएको हो । व्यवस्थित नगरि नहुने भन्दै छिट्टै काम थालिहाल्ने शरोकारवाला निकायहरुले प्रतिवद्धता जनाएका छन् ।

पोखराको  रेडियो बाराहीले आयोजना गरेको समृद्धि बहसमा भागलिदै पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत नबराज ढुंगाना, सडक डिभिजन कार्यालय पोखराका डिभिजन प्रमुख प्रेमप्रकाश खत्री, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, नागरिक अगुवा एवं अधिवक्ता सुरेन्द्र थापामगर, पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल र जिल्ला ट्राफि प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत ढुंगानाले यहाँका सडक चोकमा रहेका आइल्यान्ड र त्यसमा रहेका सालिक ऐतिहासिक, समुदायिक र राजनीतिक लगायतका महत्वसंग जोडिएकाले सबैसंग सहकार्य गरेर यथासीघ्र व्यवस्थित गरिने बताए । उनले पोखरा अन्तराष्ट्रिय सहरको रुपमा विकास भइरहेको बताउँदै यसलाई सबैहिसाबले उत्कृष्ठ बनाउने आफूहरुको चाहना रहेको उल्लेख गरे । 

‘पोखराको पृथ्वीचोक लगायत विभिन्न स्थलमा रहेका आइल्यान्डले सवारी व्यवस्थापनमा अप्ठ्यारो पारेको सत्य हो, यसबाहेक ट्राफिक लाइट, जनसक्ति व्यवस्थापन र सबैको सहकार्य यसमा जरुरी छ,’ उनले भने, ‘समय नै तोकेर यतिमा पुरा गर्छु भन्दिन तर सीर्घ यस विषयमा छलफल गरेर टुंगोमा पु¥याउँछु, आज नै सरोकारवालसंग छलफल समेत डाकिसकेको छु ।’ आइल्यान्डको परिधी घटाउने, ट्राफिक लाइटको व्यवस्थापन गर्ने वा अन्य कुन विधि अपनाउन सकिन्छ । त्यस विषयमा केहि समयमै परिणाम देखिने गरी कदम चाल्ने ढुंगानाले बताएका छन् ।

सडक डिभिनज कार्यालय पोखराका डिभिजन प्रमुख खत्रीले तुरुन्तै प्राविधिकरुपमा के गर्न सकिन्छ । त्यसका लागि विभागमा पहल गर्ने बताए । उनले आइल्यान्ड ट्राफिक व्यवस्थापनकै लागि निर्माण गरिने भन्दै यसैले बाधा पु¥याइरहन नदिने पैतिवद्धता जनाए । ‘यति नै समय भनेर तोक्दिन, हाम्रो रोड एन्ड ट्राफिक युनिट छ, त्यसले तुरुन्त अध्ययन गरेर के गर्न सकिन्छ त्यो गरिने छ ।’ उनले भने ।

डिभिजन प्रमुख खत्रीले रामार्ग भित्र रहेका यस्ता आइल्यान्डको व्यवस्थापन गर्नु आफूहरुको दायित्व रहेको उल्लेख गरे । पोखराको अम्मरसिंह चोक, पृथ्वीचोक, जिरो किलोमिटर चोक, हरिचोक लगायतका चोकहरुमा रहेको आइल्यान्ड आफ्नो कार्यक्षेत्रमा पर्ने हुँदा त्यसलाई उपयुक्त तवरले सम्बोन गर्ने उनको प्रस्टोक्ति छ । कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल कुमार शाहीले सबै पक्षसंग सहकार्य गरेर निकास निकाल्न जिल्ला प्रशासन कार्यालय कास्कीले सहयोगी भूमिका खेल्ने बताए । उनले यहाँ रहेका राजनीतिक दल, सबै सरोकारवाला निकायसंगको सहकार्य र समन्वयमै निकास निकाल्न प्रशासन लाग्ने उल्लेख गरे ।

यातायात व्यवस्था कार्यालय गण्डकीमा कात्तिक मसान्त सम्म १ लाख ५२ हजार बढी सवारी साधन दर्ता छन् । यसको झन्डै ६० प्रतिसत सवारी साधन दैनिकजसो पोखरा गुड्ने गर्छन् । यतिका सवारी साधन गुड्न फराकिलो सडक अवश्यक छ र अबरोध मुक्त चोक हुनुपर्छ । पृथ्वीचोकमा मात्र एक घन्टामा ९ हजार सवारीसाधन आउने ट्राफिक प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए । उनका अनुसार ६५ जना जनसक्ति रहेको ट्राफिक कार्यालयले पृथ्वीचोकमा ६ ट्राफिक प्रहरी खट्दा पनि सवारी व्यवस्थापन गर्न हम्मे पर्ने गरेको छ । चोकमा आइल्यान्डको सइज साँघुरो पारे एउटै ट्राफिक प्रहरीले सहज व्यवस्थापन गर्न सक्ने उनले बताए ।

आइल्यान्ड साँघुरो बनाउन वा हटाउनै परेपनि इमान्दार प्रयास गर्ने हो भने समस्या नगरहेको नागरिक अगुवा मध्यका एक अधिवक्ता सुरेन्द्र थापामगरले बताए । ‘इमान्दार प्रयास हुर्नुप¥यो, अप्ठ्यारो सबैलाई हुने हो,’ उनले भने, ‘लखनचोक लगायत यहाँका सबै चोकमा रहेको आइल्यान्डको साइज घटाउने कुरामा कुनै समुदाय बाधक बन्लाजस्तो लाग्दैन ।’ पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले पोखराका चोक व्यवस्थापन गर्न ट्राफिक लाइट जरुरी रहेको बताए । चोकमा भएका आइल्यान्डलाई कसरी व्यवस्थापन गर्ने र त्यहाँ रहेका सलिकहरुलाई पार्क बनाएर छुट्टै विकल्पमा पनि नगरपालिकाले सोचेको उनको भनाई थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई