१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

फोहो ब्यवस्थापनका लागि निशुल्क जग्गा

२४ मंसिर २०७३, शुक्रबार १०:३०

मङ्सिर २४, नयाँवजार | नयाँवारका दुई ब्यक्तिले सो क्षेत्रको फोहोर ब्यवस्थापनकालागि छुट्टाछुट्टै स्थानमा निशुुल्क जग्गा उपलब्ध गराएका छन् । 

स्थानिय लिला थामीले नयावजार पाँच र दुर्गा भट्टराईले नयाँवजार एकमा रहेको पाँच पाँच रोपनी जग्गा उपलब्ध गराएको सरसफाईका क्षेत्रमा काम गर्दै आएकी सामाजिक उत्प्रेरक मुना धितालले जानकारी दिइन् । उनका अनुससार प्रति रोपनी पच्चिस हजार र दश रोपनी जग्गाको मुल्य दुईलाख पचास पर्ने वताइएको छ । गाविसलाई पुर्ण सरसफाई गाविस घोषणा गर्नका लागि ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फनवर्ड) को आर्थिक सहयोग, सुनगाभा विकास संस्था इलामको सहजीकरण र नयावजार गाविसको आयोजनामा सरसफाई सम्वन्धि काम भइरहेको जनाइएको छ ।

फोहोर फल्ने ठाउँ नहुदा वजार क्षेत्रमा थुप्रीएको फोहोर ज्यूँका तिहुँ रहँदै आएको थियो । अव भने जग्गा पाएपछि सो क्षेत्र समेत सफा रहने स्थानियले आशा लिएका छन् । खुल्ला दिशा मुक्त भइसकेको नयावजारमा हाल समेत बीस देखी पच्चिस घरमा शौचालय नरहेको वताइएको छ । शौचालय नभएका परिवारमा समेत शौचालयका लागि सहयोग गर्ने सामाजिक उत्प्रेरक अञ्जु विशुङ्खेले वताइन्  ।

कार्यक्रम लागु भएका गाविसमा दुई-दुई जना सामाजिक उत्प्रेरकहरु गाउँमा नै  क्रियाशिल रहँदै आएका छन्  । कार्यक्रम अन्तर्गत आगामी जेठ महिना भित्रमा नयावजार सहित फाकफोक, चमैता, जितपुर, प्याङ, इरौँटार, इभाङ र साकफारा गाविसलाई पुर्ण सरसफाई युक्त गाविस घोषणा गर्ने लक्ष लिइएको छ । पुर्ण सरसफाइकालागि तयार पारिएका पाँच जोड एकका सुचाङकहरु कार्यान्वयन भए नभएको समेत अनुगमन भइरहेको वताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु