2026-09-10 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

फोहो ब्यवस्थापनका लागि निशुल्क जग्गा

मङ्सिर २४, नयाँवजार | नयाँवारका दुई ब्यक्तिले सो क्षेत्रको फोहोर ब्यवस्थापनकालागि छुट्टाछुट्टै स्थानमा निशुुल्क जग्गा उपलब्ध गराएका छन् । 

स्थानिय लिला थामीले नयावजार पाँच र दुर्गा भट्टराईले नयाँवजार एकमा रहेको पाँच पाँच रोपनी जग्गा उपलब्ध गराएको सरसफाईका क्षेत्रमा काम गर्दै आएकी सामाजिक उत्प्रेरक मुना धितालले जानकारी दिइन् । उनका अनुससार प्रति रोपनी पच्चिस हजार र दश रोपनी जग्गाको मुल्य दुईलाख पचास पर्ने वताइएको छ । गाविसलाई पुर्ण सरसफाई गाविस घोषणा गर्नका लागि ग्रामिण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फनवर्ड) को आर्थिक सहयोग, सुनगाभा विकास संस्था इलामको सहजीकरण र नयावजार गाविसको आयोजनामा सरसफाई सम्वन्धि काम भइरहेको जनाइएको छ ।

फोहोर फल्ने ठाउँ नहुदा वजार क्षेत्रमा थुप्रीएको फोहोर ज्यूँका तिहुँ रहँदै आएको थियो । अव भने जग्गा पाएपछि सो क्षेत्र समेत सफा रहने स्थानियले आशा लिएका छन् । खुल्ला दिशा मुक्त भइसकेको नयावजारमा हाल समेत बीस देखी पच्चिस घरमा शौचालय नरहेको वताइएको छ । शौचालय नभएका परिवारमा समेत शौचालयका लागि सहयोग गर्ने सामाजिक उत्प्रेरक अञ्जु विशुङ्खेले वताइन्  ।

कार्यक्रम लागु भएका गाविसमा दुई-दुई जना सामाजिक उत्प्रेरकहरु गाउँमा नै  क्रियाशिल रहँदै आएका छन्  । कार्यक्रम अन्तर्गत आगामी जेठ महिना भित्रमा नयावजार सहित फाकफोक, चमैता, जितपुर, प्याङ, इरौँटार, इभाङ र साकफारा गाविसलाई पुर्ण सरसफाई युक्त गाविस घोषणा गर्ने लक्ष लिइएको छ । पुर्ण सरसफाइकालागि तयार पारिएका पाँच जोड एकका सुचाङकहरु कार्यान्वयन भए नभएको समेत अनुगमन भइरहेको वताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री