मङ्सिर २४, एजेन्सी | चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, एजेन्सी | चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्"/>

2026-10-23 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नांगा फोटा धरौटीमा राखेर युवतीहरुलाई ऋण

मङ्सिर २४, एजेन्सी | चीनमा एउटा कम्पनीले धरौटीको नाममा कुनै जग्गाजमिन वा गरगहना जस्ता चिज होइन युवतीहरुका नांगा फोटा राख्दछ ।

यतिमात्र होइन यदि ऋण चुक्ता नगरेमा जुन परिणामको सामना गर्नुपर्दछ, त्यो कल्पना भन्दा पनि बाहिर छ । जेदाइबाओ नामको उक्त कम्पनी मानिसहरुलाई अनलाइनमार्फत लोन दिन्छ । यो कम्पनीबाट ऋण लिनका लागि न त कुनै बैंकमा लामो लाइन लागे जसरी लाइन लाग्नुपर्छ, न त कुनै दलाल लगाउनुपर्छ । तर कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले कडा अमानवीय शर्तको पालना गर्नुपर्दछ ।

कम्पनीबाट ऋण लिनका लागि युवतीहरुले धरौटीको रुपमा आफ्नो नांगो फोटो बुझाउनुपर्छ । तस्वीरमा युवतीले आफ्नो परिचयपत्रका साथ पोज दिएका हुन्छन् । निर्धारित समयमा ऋण चुक्ता गरेमा कम्पनीले धरौटीको रुपमा राखेको उक्त निर्वत्र फोटो ऋणीलाई फिर्ता गर्दछ । तर समयमा ऋण चुक्ता नगरेमा उक्त फोटो ऋण लिने युवतीका परिवार तथा आफन्तलाई पठाइदिन्छ । यतिमात्र होइन ऋणी युवतीको पूरा विवरण सहित सोसल साइटमा पनि उक्त फोटो राखिदिनछ ।

यो कम्पनीले निकै चर्को ब्याज असूलने गरेको छ । ३० प्रतिशत व्याजमा उसले ऋण दिने गरेको छ । एकजना विद्यार्थीले उक्त कम्पनीबाट उद्योग खोल्नका लागि लिएको २० लाख रुपैयाँ बराबरको ऋणको ब्याज बढेर ४ महिनामा ४० लाख पुगेपछि कमपनीको मिटर ब्याजको खुलासा भयो ।

यो कम्पनीले अहिलेसम्म १६० जना युवती ऋणीहरुको नग्न तस्वीर सहितको विवरण इन्टरनेटमा शेयर गरिसकेको छ । यो कम्पनीले अहिले तिव्र विरोध झेलिरहेको छ र बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने