२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाका चार जना खेलाडि छनोट

२०७३, २९ मंसिर बुधबार ०६:४९

नन्दराम जैशी | मंसिर २९, जुम्ला | आगामि पौष महिनामा पुर्वाञ्चलको विराटनगरमा संचालन हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लाका ४ जना खेलाडि छनोट भएका छन् । 

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली स्पोर्टस क्लब जुम्लामा आबद्ध ४र जना खेलाडि एथेलिटिक्स प्रतियोगिताका लागि छनोट भएका हुन् । जसमा पुरुष तर्फ लोक बहादुर भण्डारी, महिला तर्फ सुनमाया बुढा, सिता न्यौपाने र पुर्णलक्ष्मी न्यौपाने छनोट हुनु भएको छ । 

यसैबिच नेपालगंजमा जारी सातौँ क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगिता अन्र्तगत मंगलबार सम्पन्न भएको १० हजार मिटर पुरुष दौड प्रतियोगितामा जुम्लाका लोक बहादुर भण्डारी प्रथम हुनु भएको छ । उक्त प्रतियोगितामा जुम्लाकै नरेश रावत चौथो हुन सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले नेपालगंजबाट जानकारी दिनुभयो ।   

शाहिका अनुसार सातौँ क्षेत्रिय रनिङ्ग शिल्ड प्रतियोगितामा जुम्ला द्धितिय भएको छ । प्रथम, बर्दिया, द्धितिय जुम्ला र तृतिय जाजरकोट भएको उहाले बताउनुभयो । प्रतियोगितामा ६ स्वर्ण र ३ रजत पदक प्राप्त गरेर जुम्ला द्धितिय हुन सफल भएको हो । 

यस्तै महिला तर्फको १० हजार मिटर दौड प्रतियोगितामा जुम्लाकि सुनमाया बुढा प्रथम हुनु भएको छ, भने उक्त दौड प्रतियोगिता मै जुम्लाकि पुर्णलक्ष्मी न्यौपाने द्धितिय हुनु भएको छ । प्रतियोगितामा सहभागी मध्यपश्चिमांचलका १४ जिल्लाका प्रतियोगीलाई पछि पार्दै १० हजार मिटर पुरुष र महिला दौड प्रतियोगितामा जुम्लाका खेलाडि विजयि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी