2026-10-15 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

ग्रामिण महिला पनि सार्वजनिक काममा पुरुष सरह सहभागि हुन थाले

नन्दराम जैसि, मंसिर ३०, जुम्ला ।  जुम्लाको ग्रामिण भेगका महिलाहरु सार्वजनिक विकास निर्माणका काममा पुरुष सरह सहभागि हुन थालेका छन् । पहिले घरायासि काम तथा चुलो चौकोमा सिमित हुने महिलाहरु हाल सार्वजनिक विकास निर्माणका काममा समेत पुरुष सरह सहभागि हुन थालेका हुन् । गाँउमा विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन भएपछि जुम्ला मालिकाठाँटा ६ मालापानि गाँउकि महिलाहरु सार्वजनिक विकासे काममा सहभागि हुनुका साथै पुरुष सरह ज्याला बुझेर काममा लागेका छन् । 

जुम्ला सदरमुकाम देखी १८ कोष टाढा रहेको मालिकाठाँटा गाविसको भवन निर्माण कार्यमा संलग्न महिलाहरु पुरुष सरह काम गर्न थालेका हुन् । गाविसको ६ लाख रकम सहित मालापानि गाँउका स्थानियको जनश्रमदानले करीब १ महिनाको अवधिमा भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै महिलाहरु पनि सार्वजनिक विकासे काममा चासो दिन थालेका छन् ।   

मालापानि गाँउकि हिरा थापाले भन्नुभयो,  गाँउमा पुरुष नै नभएपछि मुख्य मिस्त्रीको काम बाहेक अन्य सबै काममा हामि महिलाहरुनै खटिएका थियौ, गरीबि अशिक्षा र बेरोजगारीका कारण घरमा पुरुष नै नभएपछि, घरायासि होस् वा सार्वजनिक काममा महिलाहरुनै बढि खटिनु पर्ने बाध्यता रहेको छ, उहाले बताउनुभयो । घरको चुलोचौको देखी, मेलापात, घाँस दाउरा गर्दै समाजमा हुने सार्वजनिक काममा समेत धाउनु पर्ने मालापानि गाउँका महिलाहरुको बाध्यता हो । 

गरीबिको कारण काममा नगए आर्थिक समस्या समाधान नहुने र काममा गए, रात मध्यरात नभनि घरको काम समेत आफै गर्नुपरेको मालिकाठाँटा ६ मालापानि गाँउकि बिजुकला बुढाले बताइन् । घरमा पुरुष नभएपछि पुरुषले गर्ने काम समेत आफै गर्नु परेको छ, भन्नुभयो, मेरो मात्र होइन यँहाका सबै महिलाको अवस्था यस्तै छ । बिहान ४ बजेदेखि राति १० बजेसम्म ससुरा, श्रिमानले गर्ने उन छान्ने देखि अन्य सबै काम आफै गर्ने गरेको छु, विजुकलाको भनाइ छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने