पुस २, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले शान्त र सुरक्षित जिल्ला बनाउने अभियानका लागि एकवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । 

परिसरमा श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले शान्त र सुरक्षित जिल्ला बनाउने अभियानका लागि एकवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । 

परिसरमा श"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर जिल्लालाई शान्त र सुरक्षित जिल्ला बनाउने एकवर्षीय कार्ययोजना यस्तो छ

२०७३, २ पुष शनिबार ०३:२५

पुस २, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले शान्त र सुरक्षित जिल्ला बनाउने अभियानका लागि एकवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । 

परिसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवम् प्र्रहरी उपरीक्षक किरण राणाले उक्त कार्ययोजना सार्वजनिक गर्दै शान्ति सुरक्षा तथा अपराध– गुन्डागर्दी –लागुऔषध ओसारपसार तथा बेचबिखन–जघन्य र आर्थिक अपराध– चोरी, लुटपाट–चन्दा असुली र कालोबजारी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायत १६ मुख्य बुँदा कार्ययोजनामा समेटिएको बताउनुभयो । 

बढी आपराधिक क्रियाकलाप हुने स्थान पहिचान गरी प्रभावकारी सुरक्षा योजना बनाई ‘स्वीप अप्रेसन’ सञ्चालन गर्ने र थप गस्ती तथा सादा पोसाकमा समेत प्रहरी खटाइने उहाँले बताउनुभयो । कार्य योजनाअन्तर्गत राति एम्बुसिङ तथा चोरी, लुटपाट, स्न्याचिङ, जुवातासजस्ता अपराध नियन्त्रण गर्न माइकिङ तथा विशेष अभियान सञ्चालन गरिने छ । 

उहाँले भन्नुभयो– “जिल्लामा देह व्यापारलाई निस्तेज पार्न विशेष अभियान सञ्चालन गरी होटल, लज र गेस्ट हाउसमा दैनिक रुपमा जाँच गर्ने तथा फैसला कार्यान्वयन गर्नुपर्ने व्यक्तिको सूची तयार पारी सम्बन्धित प्रहरी एकाइमा पठाई पक्राउ गर्ने र फरार आपराधिक सूची तयार गरी पक्राउ गर्ने रणनीति कार्ययोजनामा समेटिएको छ ।” 

जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रत्येक दिन वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा क्षेत्र विभाजन गरी जाँच गर्ने गरी सुरक्षा व्यवस्था मिलाइने छ । अवैध रुपमा सञ्चालन गरिएका बालुवा खानी नियन्त्रणका लागि सूक्ष्म रुपमा निगरानी राखी पक्राउ गर्ने र कानुनी कारबाही गर्ने कार्ययोजनामा उल्लेख छ । 

अभियानअन्तर्गत ठेक्कापट्टा अवधिभर प्रहरी परिचालन गरी गुन्डागर्दी गर्ने व्यक्ति पक्राउ गरी कानुनी कारबाही गर्ने, समय समयमा होटल– पुल हाउस– रेस्टुराँ–कवाडी पसल–सिनेमा हलका सञ्चालकलाई बोलाई गुन्डागर्दी नियन्त्रणसम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । 

लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा नागरिकसँग सम्पर्क बढाई बढीभन्दा बढी सूचना सङ्कलन, नाकामा विशेष जाँच र बढी सवारी दुर्घटना हुने स्थानमा ट्राफिक प्रहरीसँग समन्वय गरी संयुक्त रुपमा जाँचलाई निरन्तरता दिइनेलगायत बुँदा कार्ययोजनामा उल्लेख छ । 

जिल्लामा आत्महत्याका घटना बढेकाले प्रहरीले कीटनाशक विषादी बिक्री वितरण गर्ने पसलको अभिलेख राख्ने र वास्तविक कृषकबाहेक अन्यलाई बेचबिखनमा कडाइ गर्ने जनाएको छ । 

अपराधी लुकीछिपी बस्न सक्ने स्थानको पहिचान गरी निगरानी बढाइने पनि कार्ययोजनामा उल्लेख छ । घरेलु मदिरा बनाउने स्थान पहिचान तथा ओसारपसार नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । 

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले गुन्डाको अभिलेख सङ्कलन गरी आवश्यक कारबाही गरिने र गुन्डागर्दी नियन्त्रण तथा कानुन कार्यान्वयन पक्षलाई ठोस रुपमा कार्यान्वयन गरिने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ