पुस २, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले शान्त र सुरक्षित जिल्ला बनाउने अभियानका लागि एकवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । 

परिसरमा श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले शान्त र सुरक्षित जिल्ला बनाउने अभियानका लागि एकवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । 

परिसरमा श"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुर जिल्लालाई शान्त र सुरक्षित जिल्ला बनाउने एकवर्षीय कार्ययोजना यस्तो छ

२ पुष २०७३, शनिबार ०३:२५

पुस २, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले शान्त र सुरक्षित जिल्ला बनाउने अभियानका लागि एकवर्षीय रणनीतिक कार्य योजना सार्वजनिक गरेको छ । 

परिसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवम् प्र्रहरी उपरीक्षक किरण राणाले उक्त कार्ययोजना सार्वजनिक गर्दै शान्ति सुरक्षा तथा अपराध– गुन्डागर्दी –लागुऔषध ओसारपसार तथा बेचबिखन–जघन्य र आर्थिक अपराध– चोरी, लुटपाट–चन्दा असुली र कालोबजारी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायत १६ मुख्य बुँदा कार्ययोजनामा समेटिएको बताउनुभयो । 

बढी आपराधिक क्रियाकलाप हुने स्थान पहिचान गरी प्रभावकारी सुरक्षा योजना बनाई ‘स्वीप अप्रेसन’ सञ्चालन गर्ने र थप गस्ती तथा सादा पोसाकमा समेत प्रहरी खटाइने उहाँले बताउनुभयो । कार्य योजनाअन्तर्गत राति एम्बुसिङ तथा चोरी, लुटपाट, स्न्याचिङ, जुवातासजस्ता अपराध नियन्त्रण गर्न माइकिङ तथा विशेष अभियान सञ्चालन गरिने छ । 

उहाँले भन्नुभयो– “जिल्लामा देह व्यापारलाई निस्तेज पार्न विशेष अभियान सञ्चालन गरी होटल, लज र गेस्ट हाउसमा दैनिक रुपमा जाँच गर्ने तथा फैसला कार्यान्वयन गर्नुपर्ने व्यक्तिको सूची तयार पारी सम्बन्धित प्रहरी एकाइमा पठाई पक्राउ गर्ने र फरार आपराधिक सूची तयार गरी पक्राउ गर्ने रणनीति कार्ययोजनामा समेटिएको छ ।” 

जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रत्येक दिन वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा क्षेत्र विभाजन गरी जाँच गर्ने गरी सुरक्षा व्यवस्था मिलाइने छ । अवैध रुपमा सञ्चालन गरिएका बालुवा खानी नियन्त्रणका लागि सूक्ष्म रुपमा निगरानी राखी पक्राउ गर्ने र कानुनी कारबाही गर्ने कार्ययोजनामा उल्लेख छ । 

अभियानअन्तर्गत ठेक्कापट्टा अवधिभर प्रहरी परिचालन गरी गुन्डागर्दी गर्ने व्यक्ति पक्राउ गरी कानुनी कारबाही गर्ने, समय समयमा होटल– पुल हाउस– रेस्टुराँ–कवाडी पसल–सिनेमा हलका सञ्चालकलाई बोलाई गुन्डागर्दी नियन्त्रणसम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । 

लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा नागरिकसँग सम्पर्क बढाई बढीभन्दा बढी सूचना सङ्कलन, नाकामा विशेष जाँच र बढी सवारी दुर्घटना हुने स्थानमा ट्राफिक प्रहरीसँग समन्वय गरी संयुक्त रुपमा जाँचलाई निरन्तरता दिइनेलगायत बुँदा कार्ययोजनामा उल्लेख छ । 

जिल्लामा आत्महत्याका घटना बढेकाले प्रहरीले कीटनाशक विषादी बिक्री वितरण गर्ने पसलको अभिलेख राख्ने र वास्तविक कृषकबाहेक अन्यलाई बेचबिखनमा कडाइ गर्ने जनाएको छ । 

अपराधी लुकीछिपी बस्न सक्ने स्थानको पहिचान गरी निगरानी बढाइने पनि कार्ययोजनामा उल्लेख छ । घरेलु मदिरा बनाउने स्थान पहिचान तथा ओसारपसार नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । 

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले गुन्डाको अभिलेख सङ्कलन गरी आवश्यक कारबाही गरिने र गुन्डागर्दी नियन्त्रण तथा कानुन कार्यान्वयन पक्षलाई ठोस रुपमा कार्यान्वयन गरिने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए