सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बि"/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

संशोधन प्रस्ताब बिरुद्ध प्युठानको बड्डडाडामा बिरोध सभा


सलिम अन्सारी | पुस २, प्यूठान | संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै शनिबार  दक्षिणि प्यूठानमा इलाका स्तरिय सयुक्त बिरोधसभा आयोजना गरिएको छ ।

संयुक्त संघर्ष समितिको आव्हानमा आम हड्तालको दोस्रो दिन ढुङ्गेगढीको बड्डडाडा बजारमा बिरोधसभा गरिएको  हो । बिरोध प्रदर्शनमा ढुङ्गेगदि क्षेत्रका व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गराइ   आन्दोलनमा सहभागी भएका थिए ।प्रदर्शनमा उत्रिएका नागरिकहरुले संशोधन प्रस्तावचाहिँदैन, पोखरा गइदैन,५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन पाइदैन, हिमाल पहाड तराई कोही छैन पराई, सिमांकन प्रस्तावको विरोधमा जुटौं, पहाड र तराईलाई नछोडौं लगायतका नारा लगाउदै  बजार परिक्रमा गरेका थिए ।

सरकारले प्रदेश बिभाजन गर्ने निर्णय गरेकाले आफुहरु आन्दोलित हुन परेको भन्दै सरकारले जनभावनाको कदर नगरे ठूलो मूल्य चुकाउनु पर्ने  एमाले जिल्ला कमिटी सदस्य मोहम्मद हलिमले बताए ।विरोध र्यालीपछि आयोजित  आयोजित कोणसभालाई सम्बोधन गर्दै सांसद् धनबहादुर रायमाझीले  प्रक्रियामा गए पनि  संशोधन विधेयक पारित  नहुने बताए। दुई सयजना सांसद् संशोधनको विपक्षमा रहेकाले बिधेक पास हुन नसक्ने उनको भनाइ छ। सासंद रायमाझीले भने, ’ बिधेक फिर्ता लिनुको बिकल्प छैन।’उनले पाँच नम्बर प्रदेशका सबै पहाडी जिल्लाबाट दुई घण्टामै तराईमा झर्न सकिने भएकाले यही प्रदेश नै पायक पर्ने बताए ।

  सरकारले सीमांकन हेरफेर गर्न खोजेका जिल्लाका जनताहरु आन्दोलित भएकाले सरकारपछि हट्नुको विकल्प नभएको उनको भनाइ छ ।  

कोणसभालाई सम्बोधन गर्दै राजमो  प्यूठानका जिल्ला सदस्य नवराज रानाले प्युठानी जनता सिमाङकनको पक्षमा नरहेको बताए।

कांग्रेसका ढ्ङ्गेगढी गाबिसका इकाइ सचिब खुम बहादुर खड्काले  आफ्नो पार्टी सत्तामा रहे पनि ५ नम्बर प्रदेश बिभाजन गर्ने निर्णय जनताको पक्षमा नभएकाले बाध्य भएर आन्दोलन गरिरहनु परेको उल्लेख गरे । क्रान्तिकारी माओबादिका जिल्ला सहसंयोजक कृष्ण बहादुर रानाले संशोधन प्रस्ताब राष्टघाती राष्ट्रबिरोधी प्रस्ताब भएको भन्दै सरकारले तत्काल फिर्ता लिनुपर्ने धारणा राखे। त्यस्तै एमाले प्युठानका प्रभावशाली युवा नेता जिल्ला उपसचिव मधुर शर्माले सिमाङ्कन बिरुद्ध शसक्त आन्दोलनमा उत्रन आग्रह गरे।अहिले भएको सभा बाघको डमरु मात्र भएको उल्लेख गर्दै उनले यदि बाघको डमरुलाइ गिज्याइयो र  यो जनआवाजलाइ सरकारले बेवास्ता गर्दै गए बाघ गर्जेर आउने र उक्त आन्दोलन सरकारले थेग्न नसक्ने गरि हुने बताए।  बिरोधसभामा हंसपुर,बाङ्गेसाल र ढुङ्गेगदिका सयौ नागरिकको सहभागिता थियो।

महिनादिनदेखि आन्दोलित प्यूठानीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आमहड्ताल भोलि पनि जारी रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई