पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो प"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केही बर्ष भित्रै रामेछाप पुर्ण बिद्युतीकरणः सांसद श्रेष्ठ

३ पुष २०७३, आईतवार ११:२५

पुस ३, रामेछाप । रामेछाप जिल्लाका  सांसद श्यामकुमार श्रेष्ठ कुशलले अबको केही बर्ष भित्रै रामेछापमा पुर्ण बिद्युतीकरण हुने बताउनु भएको छ । उक्त कार्यको लागी आफ्नो पहलमा उर्जा मन्त्रालयबाट १ अर्ब ३० कराडको टेन्डर आह्वान समेत भईसकेको उहाँले जानकारी दिनुभयाे । सदरमुकाम मन्थलीमा अाईतबार एक संचारमाध्यममा अन्तर्वार्ता दिदै सांसद श्रेष्ठले खिम्ती हाईड्रोपावरको बिजुली अब रामेछाप प्रसारण लाईनमा जोड्न आफुले उर्जा मन्त्री जनार्दन शर्मा सँग आग्रह गरेको र यस बिषयमा मन्त्री शर्मा सकरात्मक रहेको जानकारी गराउनुभयाे ।

निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत रामेछापको निर्वाचन क्षेत्र नम्वर २ का लागी आएको ३ करोड बजेट भर्खरै आफुले बिभिन्न क्षेत्रमा बिनियोजन गरेको बताउदै उहाँले भन्नुभयाे -" जिल्लाका सम्पुर्ण जनता प्रत्यक्ष लाभान्वति हुने बिकास निर्माण र बिद्यालयहरुमा बजेट बिनीयोजन भएको छ, यस आर्थिक बर्षमा छुटेका क्षेत्रहरु अर्काे आर्थिक बर्षको पहिलो प्राथमिकता दिईनेछ । आफु रामेछाप क्षेत्र नम्बर २ को निर्वाचीत सांसद भएपनि समग्र रामेछापको बिकास निर्माणको कार्यमा आफ्नो क्षेत्रबाट अहोरात्र खटिरहेको उहाँले बताउनु भयो ।

एक अर्काे प्रसंगमा सांसद श्रेष्ठले नेकपा एमालेले निरन्तर संसद अबरुद्ध गरेर कच्चा राजनितीक प्रबृती देखाएको बताउनुभयो । उहाँले भन्नुभयाे -" एमालेकै कारण लोकमान सिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताब लगायतको महत्वपुर्ण बिधेयकहरु रोकिएको छ ।" एमाले अध्यक्ष केपि शर्मा ओलि प्रधानमन्त्री भएका बेला नै सहमति भएको सिमांकन लगायतको संबिधान संसोधन प्रस्तावलाई बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ल्याउदा कसरी राष्ट्रघाती भयो ? उहाँले प्रश्न गर्नुभयो । बर्तमान संबिधान संसोधन प्रस्ताव स्थानिय तहको निर्वाचनको बिषयसँग जोडिएको उहाँले दाबि गर्नुभयो  ।

पत्रकार नारायण श्रेष्ठकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै