पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पन"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाह्रबिसेदेखि तातोपानीसम्म सडक खुले पनि नाका अझै खुलेन

५ पुष २०७३, मंगलवार ०४:०९

पुस ५, चौतारा  । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन । 

चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब २१ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो । सो क्षेत्रमा चिनियाँ पक्षले भौगर्भिक अध्ययन टोली खटाएको र टोलीले मानव बस्ती बसाउन सकिने भनी प्रतिवेदन दिएपछि मात्र नाका खुलाउन सकिने चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । 

चिनिया पक्ष पनि जति सक्दो चाँडो नाका खुलाउन इच्छुक रहेको र अब बस्ने सीमा सुरक्षा बैठकमा त्यसबारेमा थप कुरा राखिने प्रजिअ सिल्वालले बताउनुभयो । 

भूकम्पले क्षतविक्षत पारेर लामो समयसम्म अवरुद्ध बाह्रबिसेदेखि तातोपानीको सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । तर गएको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो । बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ । 

कोठेलगायतका विभिन्न स्थानमा गएको पहिरोको काम दोलखास्थित सडक डिभिजन कार्यालयले मर्मत सम्भार गरिरहेको छ । जुरेको पहिरोदेखि बाह्रबिसे माथि पर्ने घट्टेखोला, ¥यालेभिर, लिपिङलगायतका पाँच ठूला पहिरोसहित २६ किलोमिटर सडकखण्ड पुनःनिर्माणको काम चिनियाँ रेलबे कम्पनीले पूरा गरेको इन्जिनियर सञ्जय पन्थीले जानकारी दिनुभयो । 

अरनिको राजमार्गको ९२ किलोमा पर्ने जम्बोदेखि लिपिङसम्मको सडकलाई पक्की रुपमा निर्माण गर्न चिनियाँ कम्पनीलाई प्रस्ताव गरे पनि निर्णय भइनसकेको इन्जिनियर पन्थीको भनाइ छ । 

सडक पुनःनिर्माण भएसँगै राजधानीबाट यात्रुबस चल्न थालेपछि तातोपानी धारामा स्नान गर्नेको सङ्ख्यामा वृद्धि हुन थालेको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । भूकम्पबाट विस्थापित भई अन्यत्र गएका परिवार पनि क्रमिक रुपमा आफ्नै थातथलोमा फर्कन थालेको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने