२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तिवारीको हत्यारालाई कारावाहीको माग गर्दै पर्दशन

२०७३, ५ पुष मंगलवार ११:१३

नरी बडु, पुष २ बैतडी ।
नेकपा एमालेको भातृ संगठन युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई कारवाहीको माग गर्दै युवा संघ नेपाल बैतडीले पनि जिल्लामा प्रर्दशन गरेको छ । तिवारीको सोमबार अज्ञात समुहले गोली हानी हत्या गरेका थिए ।

असल राजनीतिक छवि भएका तिवारीको हत्यामा संलग्न जो–कोही भएपनि तत्काल कारवाही गर्न दबाव स्वरुप जिल्लामा पनि प्रर्दशन गरिएको हो ।
जिल्लाको गोठलापानी, शाहिलेक, सतबाँज, श्रीकोट र खोड्पे लगायतका बजारहरुमा युवासंघ नेपाल बैतडीले प्रर्दशन गरेको युवा संघ नेपाल बैतडीका कोषध्यक्ष राजेन्द्र चन्दले बताए ।

“संगठनमा प्रमुख भुमिकामा रहेका एक असल राजनितीक छवि भएका व्यक्तिमाथि गोली प्रहार हुनु समग्र संगठनमाथि चोट पुगाउनु भएकाले उक्त कार्यको युवासंघ घोर विरोध गर्दै दोषि पत्ता लगाई कारवाहीको माग दर्गछ” युवा संघ नेपाल बैतडीका सदस्य सुदीर भट्टले भने ।

उता सरकारले तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन भएको छ ।

उनीहरुले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको छ ।

गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ । रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरी फरार भएका थिए ।

हत्यारालाई कारबाही हुन्छ : गृहमन्त्री निधि
यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
मंगलबार युवा संघको ज्ञापनपत्र बुझ्दै मन्त्री निधिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको भन्दै छिट्टै पक्राउ पर्ने र कानुन बमोजिम कारबाही गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला