Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रविधिको विकाससंगै जुम्लामा कम्प्युटर कोर्स सिक्नेहरुको संख्यामा वृद्धि

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/पुस ६, जुम्ला । प्रविधिको विकास संगै जुम्लामा कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

जिल्लामा संचालन भईरहेको कम्प्युटर सेन्टरहरुमा पढाई संगै कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । सरकारी कर्मचारी देखी विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरु कम्प्युटर बेसिक कोर्स तथा डिप्लोमा सिक्नेहरुको संख्यामा बृद्धि भएको कम्प्युटर सेन्टर संचालकहरुले बताएका छन् ।  प्रविधिको तिव्र विकास भए संगै विद्यालय स्तर देखी युवा पुस्तामा यसको मोह बढ्दै गएको उनीहरुको भनाई रहेको छ ।

जुम्ला बजारमा १० वर्ष देखी नाईस कम्प्युटर सेन्टर संचालन गर्दै आईरहनु भएका केशवराज न्यौपानेले पछिल्ला केहि वर्ष यता कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्यामा वृद्धि भएको बताउनु भयो । नाईस कम्प्युटर सेन्टरमा अहिले एक दिनमा करिब १ सय १७ जनाले सिक्ने गरेको न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार १ वर्षमा झन्डै १ हजार ४ सय ४ जनाले कम्प्युटर बेसिक कोर्स तथा डिप्लोमा कोर्स पुरा गर्ने गरेको बताउनु भयो ।

अपांगता भएका व्यक्ति, गरिव, जेहेन्दार विद्यार्थीका हकमा ५० प्रतिशत छुट दिने गरेको न्यौपानेको भनाई रहेको छ । आफ्नो सेन्टरले व्यक्ति तथा विभिन्न संघ संस्थाका तालिमहरु पनि संचालन गर्ने गरेको बताउनु भयो । नाईस कम्प्युटर सेन्टरमा कम्प्युटर बेसिक कोर्स गरिरहेका जिल्लाको मालिकाठाटाँ गाविस ७ रासाका हरिकृष्ण रावतले आफ्नो पढाई संगै सिप सिक्दा फाईदा हुने देखेपछि कम्प्युटर बेसिक कोर्स पढी रहेको बताउनु भयो ।

कक्षा १० मा अध्ययनरत रावतले ३ महिने विदाको समयको सदुपयोग होस र रुपैँया अनावश्यक खेर नजाओस भनेर अभिभावकको सल्लाहमा कम्प्युटर कोर्स सिकि रहेको बताउनु भएको छ । उता कर्णाली पुस्ताकालयको मातहतमा संचालन भईरहेको कम्प्युटर सेन्टर व्याकअफ नभएका कारण हाल बन्द भएको  संचालक कर्ण बहादुर भण्डारीले जानकारी दिनु भयो । घरेलु तथा साना उद्योग विकास समिति र व्यवसायी तथा सिप विकास तालिमले केन्द्रले पनि कम्प्युटर बेसिक कोर्सका तालिमहरु संचालन गर्ने गरिरहेका छन् ।