११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रविधिको विकाससंगै जुम्लामा कम्प्युटर कोर्स सिक्नेहरुको संख्यामा वृद्धि

६ पुष २०७३, बुधबार ०३:५४

नन्दराम जैशी/पुस ६, जुम्ला । प्रविधिको विकास संगै जुम्लामा कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

जिल्लामा संचालन भईरहेको कम्प्युटर सेन्टरहरुमा पढाई संगै कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । सरकारी कर्मचारी देखी विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरु कम्प्युटर बेसिक कोर्स तथा डिप्लोमा सिक्नेहरुको संख्यामा बृद्धि भएको कम्प्युटर सेन्टर संचालकहरुले बताएका छन् ।  प्रविधिको तिव्र विकास भए संगै विद्यालय स्तर देखी युवा पुस्तामा यसको मोह बढ्दै गएको उनीहरुको भनाई रहेको छ ।

जुम्ला बजारमा १० वर्ष देखी नाईस कम्प्युटर सेन्टर संचालन गर्दै आईरहनु भएका केशवराज न्यौपानेले पछिल्ला केहि वर्ष यता कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्यामा वृद्धि भएको बताउनु भयो । नाईस कम्प्युटर सेन्टरमा अहिले एक दिनमा करिब १ सय १७ जनाले सिक्ने गरेको न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार १ वर्षमा झन्डै १ हजार ४ सय ४ जनाले कम्प्युटर बेसिक कोर्स तथा डिप्लोमा कोर्स पुरा गर्ने गरेको बताउनु भयो ।

अपांगता भएका व्यक्ति, गरिव, जेहेन्दार विद्यार्थीका हकमा ५० प्रतिशत छुट दिने गरेको न्यौपानेको भनाई रहेको छ । आफ्नो सेन्टरले व्यक्ति तथा विभिन्न संघ संस्थाका तालिमहरु पनि संचालन गर्ने गरेको बताउनु भयो । नाईस कम्प्युटर सेन्टरमा कम्प्युटर बेसिक कोर्स गरिरहेका जिल्लाको मालिकाठाटाँ गाविस ७ रासाका हरिकृष्ण रावतले आफ्नो पढाई संगै सिप सिक्दा फाईदा हुने देखेपछि कम्प्युटर बेसिक कोर्स पढी रहेको बताउनु भयो ।

कक्षा १० मा अध्ययनरत रावतले ३ महिने विदाको समयको सदुपयोग होस र रुपैँया अनावश्यक खेर नजाओस भनेर अभिभावकको सल्लाहमा कम्प्युटर कोर्स सिकि रहेको बताउनु भएको छ । उता कर्णाली पुस्ताकालयको मातहतमा संचालन भईरहेको कम्प्युटर सेन्टर व्याकअफ नभएका कारण हाल बन्द भएको  संचालक कर्ण बहादुर भण्डारीले जानकारी दिनु भयो । घरेलु तथा साना उद्योग विकास समिति र व्यवसायी तथा सिप विकास तालिमले केन्द्रले पनि कम्प्युटर बेसिक कोर्सका तालिमहरु संचालन गर्ने गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह