कृष्ण खनाल/पुस ६, बुटवल । गोली प्रहारबाट हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा शब यात्रा निकालिएको छ । 

बुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल/पुस ६, बुटवल । गोली प्रहारबाट हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा शब यात्रा निकालिएको छ । 

बुट"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा तिवारीको शब यात्राको तयारी

६ पुष २०७३, बुधबार ०८:१३


कृष्ण खनाल/पुस ६, बुटवल । गोली प्रहारबाट हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको बुटवलमा शब यात्रा निकालिएको छ । 

बुटवलको अञ्चल अस्पताल परिषरबाट शव यात्रा निकालिएको हो ।

आफ्ना मागहरुप्रति जिल्ला सुरक्षा समिति लचिलो भएपछि शब बुझ्न र शब यात्रा गर्न आन्दोलनकारीहरु तयार भएका हुन् । हत्या बिरुद्ध तीन दिनदेखि बुटवलमा आन्दोलन भईरहेको छ । यसैचि संयुक्त संघर्ष समिति रुपन्देहीले बित्रप्ति जारी गर्दै हत्याको निन्दा गरेको छ ।

प्रेस  विज्ञप्ति

नेकपा एमालेका कार्यकर्ता तथा युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको यहि २०७३ पौष ४ गते दिउँसो ३ः३० बजे गोली हानी हत्या भएको दुखद खवरले हामीलाई स्तब्ध बनाएको छ ।

प्रदेश नम्बर ५ लाई विभाजित गर्ने उद्देश्यका साथ सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावका विरुद्ध रुपन्देहीमा युवाहरुको आन्दोलनको नेतृत्व प्रदान गरिरहेका लोकप्रिय युवा नेताको तीन दिने आम हडतालको भोलीपल्ट भएकोे वर्वर अपराधिक हत्याको घटनाप्रति संयुक्त संघर्ष समिति घोर निन्दा, भत्सर्ना गर्दछ ।

नेपाली राजनितीमा उदाउदो ताराको रुपमा देखिएका दुर्गा तिवारीको हत्याले यस क्षेत्रमा देखा परेको कमजोर सुरक्षा स्थितिप्र्र्ति सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छ ।

गोली प्रहार गरी भएको हत्याबाट संयुक्त संघर्ष समिति बिचलित नभई दुर्गा तिवारी हत्याकाण्डलाई समेत संविधान संशोधन विद्येयक बिरुद्धको आन्दोलनसँगै अझ उचाईमा पु¥याउने चेतावनी दिदै सशक्त ढंगले आन्दोलनमा सहभागी हुन संयुक्त संघर्ष समिति आम नागरिकलाई आग्रह गर्दछ ।

एउटा जिम्मेवार नागरिक र आन्दोलनको अगुवाको रुपमा रहेका तिवारीको यस दुखद र अपराधिक हत्याको घटनालाई सामान्य रुपमा नलिन तथा यथासिघ्र अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न र अपराधीलाई गिरफ्तार गरी कडा भन्दा कडा दण्ड सजाय गर्न सरकारसँग जोडदार माग गर्दछ ।

मिति: २०७३ पौष ६ गते

संयुक्त संघर्ष समिति

रुपन्देही


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य