2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारीलाई शहिद घोषणा गर्न सिफारिस, तिवारीको बुटवलमा भव्य शव यात्रा

कायरतापुर्ण हत्याः उपमहासचिव पौडेल

अपराधिलाई कारवाही हुनपर्दछः भुषाल

सहिद घोषणा नगरेसम्म आन्दोलनः पहारी

कृष्ण खनाल । पुस ६, बुटवल  । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको दास्रो दिन बुटवलमा भव्य शव यात्रा निकालिएको छ । युवा संघ नेपाल रुपन्देही र जिल्ला  सुरक्षा समितिका विचमा वार्ता भई स्वर्गीय तिवारीलाई सहिद घोषणाको लागि  नेपाल सरकार गृह मन्त्रालय संग सिफारिस गर्ने सम्झौता भएपछि युवा संघ नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा शव यात्रा निकालिएको हो । बुटवलको अस्पताललाईनबाट सुरु भएको शव यात्रा मृतक तिवारीको घर देवदह सम्म पुगेको थियो ।

बुटवलमा आयोजना गरिएको शोक सभलाई सम्बोधन गर्दै एमाले उपमहसचिव, पुर्व मन्त्री  तथा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद विष्णु पौडेलले तिवारीको हत्या कारतापुर्ण हत्या भएको बताए । उनले देश जटिल अवस्थामा रहेको बेला बेला एक  होनाहार, कर्मठ युवा राजनीतिक कर्मीको हत्या गरेर अपराधिले कायरता प्रर्दशन गरेको  धारणा राखेका थिए ।

उनले एक जना दुर्गा तिवारीको हत्या हुदैमा राष्ट्रियता, जनजिविका र लोकतन्त्रको पक्षमा आन्दोलन नरोकीने भन्दै उनले भने–‘एक जना दुर्गा तिवारीको हत्या हुदैमा आन्दोलन रोकीने वाला छैन, हजारौ जनता दुर्गा तिवारी बन्न तयार छन् ।’

सरकारले जहिले सम्म तिवारीको हत्यारालाई कानुनको काठघरामा ल्याउन नसके सम्म जनताको पक्षमा एमालेको आन्दोलन जारी रहने उनको धारणा रहेको थियो । उनले तिवारीको हत्याको सरकार प्रमुखका हैसियतले प्रधान मन्त्री पुष्पकमल दाहाल र गृह प्रशासनको हिसावले गृह मन्त्री  विमलेन्द्र निधिले जवाफ दिनुपर्ने बताएका थिए ।

यस्तै शोक सभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव घनश्याम भुषालले सामजिक कार्यकर्ताको निधले देश नै स्तब्ध भएको भन्दै उनको हत्या पछि आम मानिस कति सुरक्षित छन् भन्ने  विषयमा प्रश्न चिन्ह खडा भएको बताएका थिए । उनले भने–‘राजमार्गको छेवैमा, दिन दहाडै एउटा नागरिकको हत्या हुन्छ, भने सरकारको शान्ती सुरक्षामा  प्रश्न चिन्ह खडा भएको छ ।’ उनले सरकारले सत्यतथ्य रुपमा दोषि पत्ता लगाएर कानुनी कारवाही नगरे सम्म युवाहरुको खबरदारी निरन्तर चलिरहने समेत  बताए ।

यस्तै शोक सभामा सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष  राजिव पहारीले सरकारले स्वर्गीय तिवारीलाई सहिद घोषणा नगरे सम्म युवाहरुको आन्दोलन नथामिने बताएका थिए । उनले तिवारीको हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गर्दै कारवाही नभएसम्म आफुहरु चुप लागेर नबस्ने बताएका थिए । उनले भने–‘एक जनाको हत्या हुदैमा राष्ट्रियताको झण्डा झुक्ने छैन, आन्दोलन जारी रहनेछ, स्वर्गीय तिवारीको हत्यारालाई कारवाही गराएरै छोड्ने कसम खाएका छौं ।’शोक सभावमा युवा संघ नेपालका नेता सुजु मल्लले जिवनीबारे प्रकाश पारेका थिए । उनले सरकारले सहिद घोषणा नगरे सम्म आन्दोलन जारी रहने समेत धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई