४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराई–मधेसमा विभेद छ

८ पुष २०७३, शुक्रबार ०३:१८

सौरभ शर्मा |  ‘मधेसमा विभेद छ ।  मधेसीमाथि पहाडी खसवादी सत्ताले सदियौँदेखि विभेद गर्दै आएको छ ।  यसको समाधान मधेसमा भरसक एक प्रदेश, त्यति हुन नसके कम्तीमा पनि दुई प्रदेश मात्र हुनुपर्छ ।  यतिले मात्रै हुन्न, यी प्रदेशहरू पहाडसँग जोडिनुहुन्न ।  अङ्गीकृत नागरिकलाई यहाँका प्रमुख कार्यकारी पदजस्तो मुख्यमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीश, सभामुख, प्रधानमन्त्री, राष्ट्रपति पदमा निर्वाध रूपमा पुग्न दिनपर्छ । खुला सीमाका कारण निर्वाध रूपमा आइरहेका भारतीयहरूको वर्चस्व स्थापित हुने गरी जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ’ भन्नेजस्ता माग के खास तराईवासीका माग हुन् ? तराई– मधेसमा व्याप्त विभेद, गरिबी, बेरोजगारी, अन्धविश्वास, छुवाछूत, दहेज प्रथा, बोक्सी प्रथा, घुम्टो प्रथा, शिक्षा, स्वास्थ्य र रोजगारीमा छोरा–छोरीलाई गरिने विभेदको कारण पहाडी खस बाहुन सत्ता नै हो ? यसमा त्यहीँको समाज, अगुवा, अन्तरविरोध र विश्वव्यापीकरणको कुनै भूमिका छैन ? मधेसमा एक वा दुई प्रदेश हुनासाथ यी समस्या ‘फु मन्तर’ को शैलीमा समाधान हुन्छन् ? यी ज्वलन्त प्रश्नबारे बहस आवश्यक छ । 

मधेसवादी दलहरूले ५०–७५ कि.मि. को दूरीमा रहेका दोलखा, भोजपुर, धनकुटा, पाँचथर, इलाम ,खोटाङ, ओखलढुङ्गालाई नजिक नमानेर ८००–१००० कि.मि. को दूरीमा रहेका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीलाई नजिक मान्नु र तिनीसँग एकीकृत हुन र मिसिन खोज्नु तार्किक र वैज्ञानिक हो ? किमार्थ पनि होइन ।  एक आपसी अन्तरनिर्भरता, घुलमिल र सन्निकटता प्रशासनिक एकाईले मात्रै सुनिश्चित गर्दैन ।  ऐतिहासिक, भौगोलिक आर्थिक कारण प्रमुख हुन्छन् सन्निकटताका लागि ।  हाम्रो व्यापार, आर्थिक कारोबार अथवा बसाइँसराइकै प्रवाह जहिले पनि उत्तर दक्षिण रहेको छ ।  यसलाई जबरजस्ती पूर्व पश्चिम बनाउन हुन्न, सकिन्न ।  नेपालको जनसाङ्ख्यिक र सांस्कृतिक प्रवाह कहिल्यै पनि पूर्व पश्चिम रहेन ।  देशका साना ठूला सबै नदीहरूको प्रवाह र प्रवाह क्षेत्र पनि पूर्व पश्चिम होइन, उत्तर दक्षिण नै छ । 

धनुषा, सप्तरीको मधेसीलाई रोजगारी वा व्यापारका लागि कैलाली, कञ्चनपुर पायक पर्छ कि खोटाङ, ओखलढुङगा ? निश्चित रूपमा खोटाङ, ओखलढुङ्गा नै पायक पर्छ ।  यसैगरी बाँंके, बर्दियाका मधेसीलाई चुनावी प्रतिस्पर्धा र प्रचारप्रसारका लागि सुर्खेत जाजरकोट सजिलो कि झापा, मोरङ ? सुर्खेत, जाजरकोट नै सजिलो पर्छ ।  रोजगारी र व्यापारका लागि भारत नै जान परे पनि कैलाली, कञ्चनपुरका मान्छेहरू यहीँका सीमावर्ती दक्षिणी सहर लखिमपुर, बहराइच, बरेली लखनउ जान रुचाउँछन्, पटना कलकत्ता, बिहार, जोगवनी जान रुचाउँदैनन् ।  त्यसैगरी सर्लाही महोत्तरीवासीलाई पिलिभित, नैनीताल, खटिमा, पायक पर्दैन ।  त्यहीँका दक्षिणवर्ती सहरहरू जोगवनी, जयनगर, रक्सौल पायक पर्छन् । 

मधेसमा विभेद छ भन्ने मधेसवादी दलको यो थेगो मधेसको विकास र समृद्धिका लागि होइन, त्यहाँ आफ्नो राजनीति चलाउने र टिकाउने मेसो मात्रै हो ।  होइन भने त्यहाँ मेडिकल, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक कलेज र संस्थान खुल्नुपर्छ भन्ने माग आएको छ ? मधेसमा रहेका तथा हाल बन्द हुने अवस्थामा पुगेका चिनी, जुट, कागज, चुरोट, कपडाका ठुल्ठूला उद्योग सुचारु गर्नुपर्छ ।  त्यतिले हुन्न, अझ थप्नुपर्छ भन्ने माग उठ्यो ? नेपालकै गौरवका रूपमा रहेको जयनगर–जनकपुर रेल्वेको स्तर सुधार्न पर्छ, त्यतिले हुन्न, त्यसलाई पूर्व पश्चिम सम्पूर्ण मधेसमा विस्तार गर्नुपर्छ भन्ने आवाज उठाए ? लक्ष्मणपुरा, रसियाल खुर्दलोटन बाँधका कारण डुबिरहेको मधेसको भूमिबारे कहिल्यै दह्रो आवाज उठाए ? सुस्ता महेशपुर लगायतका ठाउँमा पटक–पटक भइरहने भारतीय अतिक्रमणबारे कहिल्यै सुनिने गरी मुख खोले ? वीरगञ्ज, जलेश्वर, गौरलगायतका ठूला सहरबाट ठूला उद्योगपति र व्यापारीको पलायनले तिनलाई थोरै भए पनि चिन्तित बनायो ? तिनलाई त्यहीँ राख्न, बस्न केही पहल 

गरे ? केही महिना पहिले सप्तरी तिलाठीका बहादुर जनताले सीमा मिची बनाइएको बाँध भत्काइदिए ।  सारा नेपालभरि त्यसको वाहवाही भयो तर मधेसवादी दलले तिनको पक्षमा एक शब्द खर्चन आवश्यक ठानेनन् किन ? 

विभेद भयो भनेर नारा, जुलुस, बन्द गर्दैमा मधेसी जनताको भोको पेट भरिँदैन ।  नाङ्गो आङ ढाकिँदैन ।  त्यसका लागि कामै गर्नुपर्छ ।  काम गर्नलाई मधेस प्रदेश नै बनिरहन पर्दैन ।  अहिलेकै संरचनाभित्र पनि थुप्रै काम गर्न सकिन्थ्यो ।  धेरै टाढा नजाऔँ, २०४६ को परिवर्तनपछि तीन दर्जनभन्दा बढी मन्त्री भइसके मधेसबाट ।  तिनले के गरे मधेसका लागि ? अहिलेसम्म नगर्नेले मधेस प्रदेश बनेपछि मात्रै गर्छौं भन्दा कसरी पत्याउने ? २०६३ को परिवर्तनपछि मधेसबाटै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, उपप्रधानमन्त्री र उपसभामुख भइसके ।  परराष्ट्र र रक्षाजस्ता महŒवपूर्ण मन्त्रालय सम्हालिसके तर अझै पनि विभेदको राप अलापिरहने ?

बाजुरा, बझाङ, दार्चुला, मुगु, कालिकोट, हुम्ला, म्याग्दी, मुस्ताङ, सोलखुम्बु, ओखलढुङ्गा, पाँचथरले अझै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, प्रधानमन्त्री हुने सपना देखेका छैनन् र पनि राष्ट्रियतालाई चुनौती दिने गरी र राष्ट्रलाई अलमल पार्ने विभेदका स्वर उरालेका छैनन् ।  स्कुल, कलेज, अस्पताल, स्वास्थ्य चौकी, बाटो घाटो, टेलिफोन, खानेपानी, सिँचाइ, कृषि, उद्योग र व्यापारका पूर्वाधार तराईमा बढी छन् कि पहाडमा ? निश्चित रूपमा मधेसमै बढी छन् तर पनि कुनै पनि पहाडी समुदायले हामीलाई विभेद भयो, मधेसमा बढी स्रोत साधन विनियोजन भयो भनेका छैनन्, भन्दैनन् ।  डाक्टर, इन्जिनियर, ओभरसियर, हेल्थ असिस्टेन्ट, डिएफओ, रेन्जर, फरेष्टर, अमिन लगायतका प्राविधिक पदमा मधेसी समुदायबाट बढी छन् भनेर रिस मान्नु हुन्न ।  जुन समुदायको जसमा बढी रुचि र लगनशीलता र सीप रहन्छ त्यसैमा उनको सङ्ख्या बढी हुनु स्वाभाविक छ ।  यसैगरी अग्रवाल, खेतान, चौधरी, केडिया, गुप्ता, साहहरूको उद्योग व्यापारमा वर्चस्व रह्यो भनेर पनि इष्र्या गर्न हुन्न ।  उनको सक्रियता र सीप त्यसैमा रह्यो, त्यसैमा उनको वर्चस्व स्थापित भयो ।  अन्य कुनै समुदायको रुचि, सक्रियता र सीप प्रहरी, सेना, प्रशासन र न्यायमा भयो ।  त्यहीँ उनको सङ्ख्या बढी भयो । 

शासनको अनुभूति स्रोत, साधन र अवसरको विनियोजन न्यायिक र समतामूलक हुनै पर्छ ।  यसमा विमति जनाउने ठाउँ छैन तथापि शासनको अनुभूति र परिणाम क्यालकुलेटरले गणना गरेझै उही र उस्तै हुँदैन भन्ने सच्चाइलाई पनि बोध गर्न पर्छ ।  बैक, संस्थान र निजामतीलगायतका ठाउँमा छुट्याइएको समावेशी कोटामा मधेसका यादव, झा, मिश्रा, शुक्ला, त्रिपाठी, तिवारी र कर्णजस्ता उपल्लो जातिका मात्रै किन पास हुन्छन् ? किन मुसहर, डोम, चमार, धोवी, चिडिमार, घंसियारनहरू पास हुँदैनन् ? मधेसवादी दलको नेतृत्व तहमा किन यादव, झा, मिश्र, त्रिपाठी र शुक्लाजस्ता उपल्ला जातिमात्रै ? अरूबाट समावेशीताको, न्यायको चाहना राख्नेले आफैँ न्यायिक र समावेशी हुनु पर्दैन ? समानुपातिक कोटामा श्रीमती, प्रेमिका, साला, जेठान पठाउनेले समानुपातिकताको कुरा उठाउने नैतिक अधिकार र बल रहन्न । 

निर्वाचनमा पराजित मधेसका केही नेता मधेसका सन्दर्भमा उठाएका विषयमा आम मधेसीको असहमति बुझ्ने चेस्टा नै गरेका छैनन् तिनले ।  चेस्टा गरेका हुन्थे भने २०७२ सालमा भएको पाँच महिने आन्दोलन वारपार भइसक्थ्यो ।  आम मधेसीको, वंशज मधेसीको सहभागिता नभएकैले त्यो आन्दोलन इच्छित गतिमा अघि बढ्न सकेन ।  छिमेकीले त टेन्ट गाडेर, नास्ता, खाना, दारूपानीको व्यवस्था गरेकै थियो ।  ढुङ्गा, मुढा, लाठी, भाला पनि उपलब्ध गराएकै थियो ।  त्यतिले नपुगेर नाका पनि बन्द गराइदिएकै थियो र पनि परिणाम मधेसवादीले सोचेझंँ किन आएन ? त्यसको समीक्षा गर्नै पर्छ ।  आम तराईवासीको मन जित्ने प्रयास थाल्नै पर्छ ।  चर्का चर्का कुरा गरेर अब सचेत मधेसी जनताको मन जित्न सकिन्न ।  सङ्घीयताको एजेन्डा ‘मधेस’ बाट आएको हँुंदा त्यसलाई जोगाउने काममा पनि 

‘मधेस’ को अग्रणी भूमिका हुनुपर्छ ।  प्रदेशको सीमाङ्कन हामीले भनेझैँ हुनुपर्छ, अहिले नै हुनुपर्छ भनेर लिँडे ढिपी गरिरह्यो भने यसले सिर्जना गर्ने अन्तरविरोधले सङ्घीयता नै समाप्त हुन सक्छ ।  ठाउँठाउँमा सङ्घीयता विरोधी स्वर सुनिन सुरु भइसक्यो ।  मधेसवादीले संयमित भएर, सम्बद्ध सबै पक्षसँग सहमतिमा आएर अहिलेलाई एक कदम पछाडि सरेर उचित निकासका लागि पहल गरेनन् भने अहिलेसम्मकै राजनीतिक कोर्स परिवर्तन हुन सक्छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य