मनोज बोहोरा । बालबालिकाभविष्यका कर्णधार हुन । धेरैले परिक्षामा विधार्थी शिर्षकको निबन्ध लेख्दा यो पंक्ति पक्कै पनि लेख्यौ होला अनि धेरै अङक ल्यायौ पनि होला । के सबै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनोज बोहोरा । बालबालिकाभविष्यका कर्णधार हुन । धेरैले परिक्षामा विधार्थी शिर्षकको निबन्ध लेख्दा यो पंक्ति पक्कै पनि लेख्यौ होला अनि धेरै अङक ल्यायौ पनि होला । के सबै "/>
2026-10-17 10:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा आर्जन शैली र पद्धतिमा एक रुपताको खाँचो

मनोज बोहोरा । बालबालिकाभविष्यका कर्णधार हुन । धेरैले परिक्षामा विधार्थी शिर्षकको निबन्ध लेख्दा यो पंक्ति पक्कै पनि लेख्यौ होला अनि धेरै अङक ल्यायौ पनि होला । के सबै बालबालिकालाई भविष्यका कर्णधारका रुपमा परिणत गर्न सफल भयो होला त हाम्रो शिक्षानिति, समाज र राष्ट्र । यस विषयमापक्कै पनिहामीले सोचेका नै छैनौ जस्तो भान हुन्छ मलाई अहिले । बत्तिमुनिको अध्यारोमा रुमलिरहेका छौ अझै पनि । यस विषयमा अनविज्ञ नै छौ । 

अनुसन्धान गर्ने समय छैन या यसको ठेक्का अरु कसैको हो भनेर मुखामुख गर्देमा मख्ख छौ । आखिरमा चपेटामा पर्ने हाम्रै श्रृजनशिल नानीका जीवननै हो । कस्तो बिडम्बना भनौ या कस्तो मानसिकता । वास्तविकता र यथार्थ मात्रै जान्ने चाहाना हामीमा हुदो हो त यी भयावह अवस्थाका मुकदर्शक हुनु न पर्ने थियो । के गर्नु सूर्यलाई हातले छेक्न खोजे सरी कहाँ पो यथर्थलाई छेक्न सक्दिो रहेछ र ? हाम्रो देशमाअधिकांश मानिसहरु गरिबीको रेखामुनि नै छन् । 

त्यस परिणामको पहिलो शिकार नै मूलत बालबालिका भएका छन् । शिक्षा, स्वास्थ्यबाट दुर्गम दुरदराजका बालबालिका प्रत्यक्ष असरमा परेका छन् । सरकारले देशमा रोजगारीको अवसर सिर्जना गर्नु आवश्यक छ । त्यही रोजगारीको अभावले गर्दा बालबालिकालाई मजदूरी गर्न शहर पठाउछन् । सपना सजाउने बेलामा, किताब बोक्ने बेलामा उनीहरु बालश्रमिक हुन बाध्य छन् । एक पटक हामीले सोध्ने हो भने पक्कै पनि यस्ता नानीहरुको वास्तविकता बुझथ्यौ किहामीले ।आनानानी सबैका लागि प्राण भन्दा प्यारो नै हुन्छ । त्यो माया केबल धनीको मात्र हुन्छ भन्ने छैन्, महङ्गा विद्यालयमा नहाल्दैमा कुनै अभिभावकले कममाया गरेको भन्नमिल्दैन् । वास्तविकता ज्यादै मर्मस्पशी हुन्छ । 

उनीहरु बाध्य छन् के गर्नु सरकार मात्र रमिते भएको छ । काठमाण्डौंमा हजारौ विधार्थी महंगा विद्यालयमा भर्ना गराउन दौडधुप भनसुन नै चल्छ । मेरो छोरा या छोरी यसमा उसमा पढ्छे भनेर छाती फुलाई रहदा मेरो मन ज्यादै दुख्छ । बिचारा ति अबोध भोका नानीहरु एक छाक मात्रै खान पाए कस्तो होला सोच्दै दिन बिताउन विवश छन् । सरकारले पनि शिक्षामा जोड दिन आवश्यक छ । सर्वप्रथम त रोजगारको सिर्जना गरेर हरेक परिवारलाई आत्मनिर्भर बनाउन आवश्यक छ । 

सरकारी विद्यालयको गुणस्तर बढाउन आवश्यक छ । जसले गर्दा गाउँ गाउँबाट बालश्रमिक होईन दक्षजनशक्ति उत्पादन होस् । जब सम्म राष्ट्र शिक्षित हुदैन् तबसम्म हाम्रो बालबालिकाको भविष्य उज्जवल हुन सक्दैन् । एउटै परिवारमा नि छोराछोरीबीच विभेद प्रशस्तपाउन सक्न्छि । “छोरा निजी स्कूल छोरीलाई सरकारीमा” हाल्ने गलत परिपाटिले हाम्रो समाजको विभेदकारी सामाजिक संरचना एवं मानसिकतालाई चित्रण गर्दे लैङगिक विभेद व्याप्त रहेको तितो सत्य प्रस्तुत गर्दछ। आखिरमा विभेद त घरबाट नै त सुरु हुदो रहेछ नि । पैतृक सतात्मक सामाजिक संरचनामा नै त्रुटि देखिन्छ, छोरी अर्काको घर जाने जातअनि छोरा बुढेसकालको लाठी भनेर विभेद गर्नु रोगी मानसिकताको उपजहो । 

शैक्षिक गुणस्तरमा नै विभेद छ, अन्तत गुणस्तर एवं विश्वब्यापी वैज्ञानिक शिक्षाको नाममा च्याउ सरी उमरिन थालेका महंगा निजीविद्यालयले नि  छोराछोरीको विभेदको फाइदा उठाइ रहेका छन् । सरकारको मौनता पनि यसको मुख्यकारण जस्तो देखिएको छ । सरकारी र निजीदुवैमा उस्तै किसिमका गुणस्तर हुदो हो त यस्ता यावत विभेदबाट हामी गुज्रीनु पर्देन थियो होला ।

तपाईका छोराछोरीलाई कहाँ पढाउने ईच्छा छ, निजी वा सामुदायिक विद्मालय भनेर जो कोही सर्वसाधारणलाई प्रश्न सोधीने हो भने उत्तर के आउँला । के यस्ता प्रश्नका उत्तरका लागि गहिरिएर एक पटक सोचलान त ? 

शिक्षा सबैको नैसरगिक एवम् आधारभूतआवश्यकता हो ।अहिले विद्मालय चयन नै आर्थिक हैसियत मापकको परिसूचक भए जस्तो सत्यानूभूत हुन थालेको छ । शिक्षा जस्तो संवेदनशील विषयमा देखिएको दुई धार र संरचनाका विद्मालय हाम्रो समाजमा व्यापत छन् । निजी भन्ना साथ आर्थिक हैसियत सुदृढ भएका पढ्ने अनि सामुदायिक भन्न साथ निम्न आर्थिक हैसियत भएका मात्र पढ्छन भन्ने धारण छ हाम्रो समाजमा । शिक्षाआर्जन प्रकियामा नै गम्भीर असमानता व्यापत छ । 

तथाकथित नेताका मीठा भाषणमा त भनिन्थयो, के गरीब के धनीहामी सबै समान अनि खोई त शिक्षाआर्जन शैली र पद्धतिमा एक रुपता एवं समानता । अन्त्तयमा आफ्नै पुरपुरोमा हात लाएर कर्मलाई सरापदै हुने हार दैव न टार भन्नु शिवाय सर्वसाधारणसँग विकल्प शून्य छ । के साँच्ची नै यहीहाम्रो समाजको वास्तविकता हो त ? निजीविद्यालयको बलियो विकल्प भएर अब सामुदायिक विद्यालयले समाजको लैंगिक विभेदमा उठेको प्रश्नको उत्तर दिन आवश्यक छैन र ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु