अछुत कोपिला | राति ११ वजे ड्युटी सकियो । डेरामा गएर विश्राम गरिरहेको थिए । के गरौ नगरौ भई रहेको थियो । ढिलो भएर होला खान मन लागेन । अझ भनौ न ट्याम चुक्यो । खाटमा पल्टिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अछुत कोपिला | राति ११ वजे ड्युटी सकियो । डेरामा गएर विश्राम गरिरहेको थिए । के गरौ नगरौ भई रहेको थियो । ढिलो भएर होला खान मन लागेन । अझ भनौ न ट्याम चुक्यो । खाटमा पल्टिए"/>
४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्जलीको अक्षेता बिवाह

१० पुष २०७३, आईतवार ०४:३२

अछुत कोपिला | राति ११ वजे ड्युटी सकियो । डेरामा गएर विश्राम गरिरहेको थिए । के गरौ नगरौ भई रहेको थियो । ढिलो भएर होला खान मन लागेन । अझ भनौ न ट्याम चुक्यो । खाटमा पल्टिए । बत्ति बलिरहेकै थियो । एक्कासी मेरा आँखा कोठाको भित्तामा टाँसिएको पत्रिकामा गए । त्यसमा लेखिएको थियो 'जुम्लामा बाल विवाह बढ्दै' यस्तै अरु पनि । आँखा तानेर हेर्न मन लाग्यो हेरे । जुम्लाको चौधविस क्षेत्रमा बाल विवाह बढ्दै गएको कुरालाई फोकस गरेको थियो । विवाहलाई धर्मसंग पनि जोडेर हेरिदै आदि  । मन छोयो दोहोर्याई तेहेर्याई पढें । समाजमा रहेको धार्मिक तथा अन्धविस्वासका कारण बालविवाह बढी हुने गरेको सार थियो समाचारमा ।

त्यसपछि आफ्नो विगतलाई नियाले एकछिन । एकछिन बालापन सम्झिन मन लाग्यो । सोचें मैलै पनि उहिल्यै विवाह गरेको भए  उमेर नपुगी बाल विवाह गर्नेको सूचीमा परिसकेको हुन्थे । सन्दर्भ २०६८ साल तिरको हो । जती बेला म १५ वर्षको मात्र थिए र कक्षा ९ मा पढ्थे । एक दिन एक्कासी बुवाले भन्नुभयो “छोरा बिहे गर । घरजम गर । अब भैगो त कति पढ्लास ? सबै घरबारे भैग्या ।” सायद त्यति बेला नै मैले मेरा बुवाको भनेको मानेको भए म पनि आज घरजम गरिसकेको हुँदो हुँ । मन-मनै हाँस्न मन लाग्छ कतै बच्चा बच्ची पो खेलाई रहेको पो हुन्थें की ?

त्यति बेला मेरो बाल हृदयले विवाह, माया–प्रेमको विषय अनुभव त के थाहा समेत पाएको थिएन । स्कूलमा औधी मिल्ने एउटा साथी थियो अनुस, हामी वीचमा प्राय सबै कुराहरु आदानप्रदान हुन्थे । मैले उसलाई घरमा बुवाले  भनेको कुरा भन्न खोजिरहेको थिए । सायद उ पनि केहि भन्न चाहन्थ्यो । त्यसैले सबै भन्दा पहिले एकान्त खोज्यौं । हामी विद्यालय  पछाडिको पिपलको रुखको मुनी बस्यौ । त्यहाँ कोहि थिएन । कोहि थिएन पनि के भनौ ? पिलको रुख, त्यहि रुखका हाँगाबाट जमिन सम्म आउन खोजिरहेको सुर्यको किरण, हावा आदि त थिए केरे । तैपनि मैले र उस्ले आफ्ना कुरा खोल्यौं ।

विवाहको कुराले भारी बनाएको मेरो मनलाई हलुंगो बनाएँ । अनुश आफ्ना कुरा खोल्दै थियो । ठिक  त्यहि बेला  सामाजिक विषयको चौथो घण्टी बज्यो । हामी कक्षा कोठामा पुग्यौं । हामी अलि ढिलो भएकोले होला सर पढाउन सुरु गरीरहनु भएको थियो । त्यो दिन सरले बाल बिवाह बारे पढाई रहनुभएको थियो । सानो उमेरमा बिवाह गर्न हुन्न भन्ने विषयमा केही सिकाएर सर जानुभयो । त्यो दिन हामीले धेरै कुरा गर्न पाएनौं । स्कूल सकियो घरतिर लाग्यौं ।

भोलीपल्ट अनुश र म त्यहि ठाउँमा गयौ । उस्ले मलाई १० कक्षामा पढ्ने अन्जलीले आफूलाई मन पराउने कुरा अवगत गरायो । अन्दाजी साढे ४ फिट अग्ली, गौ-गोरो वर्ण भएकी, मिजासिली, फरासिली, हँसिली, अनारका दाना जस्तै चट्ट मिलेका दाँत, मधुर स्वर भएकी, मिलेको जिउडाल, महेनत गरेको कोरीबाटी गर्ने अन्जली मेरो मनाश पटलमा फन्फनी घुमी एकछिन् । म तँ नाजवाफ भए । सोचे अनुस कथित तल्लो जातको दलित केटा । अनि अन्जली सामाजिक संरचनाको माथिल्लो जातकी केटी ।  अन्जलीले उस्लाई मन पराएको त्यो कुराले दैलेखको तोले गाविसका सेते दमाईको हत्या प्रकरण, चर्चित एसिड काण्ड, कालिकोटका जुविथा गाविस­४ का मनवीर सुनारको घटना लगायातका कुनै समयका बहुचर्चित भयानक  परिघटना सम्झिए मैले । मनभित्र एक खालको त्रासको आँधि चलिरहेको थियो । उनिहरुलाई प्रभाह थिएन म भने स्थिर थिइन । डर लागिरहेको थियो । तर उनीहरुलाई खास प्रवाह थिएन ।

अनुशले अन्जलीको प्रेमलाई अपनायो । विस्तारै उनीहरुको प्रेमको पालुवा पलाउन शुरु गरिरहेको थियो । दिन दुईगुना रात चौगुना मायाँ बड्यो । प्रेम एउटा यस्तो अनपेक्षित समाचार रहेछ जुन कहिल्यै लुकाएर लुक्दो रहेनछ । अनुस र अन्जलीको  सम्बन्ध बारे एक कान, दुईकान, मैदान हुँदै सबैतिर फैलियो ।

उनीहरुको प्रेमको कुरा अन्जलीको घरसम्म पनि पुग्यो । उसका आमा बुवाले थाहा पाए । त्यो दिनबाट उनीहरुको प्रेममा संघर्षका दिन शुरु भए । जुन दिन अन्जलीको घरमा कथित तल्लो जातको केटा अनुससँगको सम्बन्धका बारे थाहा भयो । त्यसपछिका दिनमा उनीहरुको प्रेम सम्बन्ध छुटाउन अनेक प्रकारका प्रयासहरु गरिए । त्यतिले नपुगरेर अनुसलाई जहाँ भेटायो त्यहि मानसिक यातना दिन थालियो ।

उता अन्जली पनि घरमा घृणाकी पात्र भई । गाली गलौज तथा अमानवीय व्यवहार र हरेक दिनको टोकाइ खान थाली । पछि अनुसका घर परिवारले पनि थाहा पाए । उनीहरुलाई पनि त्यो सम्बन्ध सामाजिक संरचनाका कारण मन परेन । त्यसैले पनि अनुसका घरकाले त्यो सम्बन्ध कायम राख्न चाहेनन् । सम्बन्ध तोड्न अनुसलाई निरन्तर दबाव दिए ।

एक दिनको घटना हो । त्यस दिन दशै परेको थियो । संयोगले म आफ्नो घरबाट टिका थाम्न भनेर मामाको घर जैतपुरमा गएको थिएँ । अन्जलीको मोवाईलबाट फोन आयो । मैले फोन उठाउदा उ रुन्चे स्वरमा बोली रहेकी थिई । मैले भने 'के भयो र सन्चो छैन तिमीलाई ।' उ रोइरहेको थिई । मात्र उस्को मुखबाट सुकसुक आवाज आइरहेको थियो । उ केही बोलेन म के भयो भनेर बारबार आग्रह गरिहेको थिएँ । उताबाट आवाज आएन । एकछिन पछि फोन कट्यो । मैले फोन डायल गर्दा सम्पर्क हुन सकेन । अनुसलाई फोन डायल गर्दा स्विच अफ थियो । मेरो मन झन् आत्तियो । हर्षित मन लिएर दशै मनाउन गएको मेरो मन निराशाको कालो बादलले ढपक्कै ढाकिदियो । म घरको दायाँपट्टीको पर्खालमा अढेस लागेर बसिरहेको थिएँ । फेरी अन्जलीको फोन आयो । मैले छिटोछिटो फोन उठाए । उ रुन्चे स्वरमा बोलीरहेकी थिई । आवाज कटेर आइरहेको थियो । म एम्बुलेन्समा…………  अनुसलाई  अब मलाई कहिल्यै……….. भन्नु है । पिलिज, पिलिज म बोल्न नपाउदै फोन कट्यो । अघि त मेरो मनमा कालो बादल मात्र मडारिएको थियो । अव भने ८ रेक्टर स्केलको भूकम्प नै गएको जस्तो भयो । नदिनाला, घर,मान्छे, सडक सबै एकनास देख्न थाले । मानौ आफ्नै अगाडी आफ्नै प्रियसीको लास चितामा दनदनी बलिरहेको छ । विस्तारै सम्मालिए म । अनुसको मोबाईल स्विच अफ मात्रै भन्छ । गाउँमा मान्छे विरामी भएको र तत्काल हस्पिटल लिनु पर्ने भयो भन्ने बाहना बनाएर म टिका नै नथापि घर फर्किएँ ।

अनुसको घर टाढा भएकाले हर कोशिस गर्दा पनि उसंग सम्पर्क हुनै सकेन । तत्काल उसलाई भेट्न जान सकिने अवस्था पनि थिएन । अन्जलीको फोनपनि अफ भैसकेको थियो । निर्विकल्पित भए । निराशाको कुनै सिमा थिएन ।

त्यो दिन केही गरी सम्पर्कको माध्यम बनेन । भोलीपल्ट हामीसंगै  पढ्ने अञ्जलीको गाउँकी देवालाई  फोन गरें । उस्ले अञ्जलीले विष सेवन गरेको कुरा गरी । मन झन् अत्तालियो । आफ्नै प्राण गएजस्तो भयो । मेरो कुरा गराईबाट उस्ले अनुमान गरी होली । पछि उस्ले नआत्तिन भनी उ ठिक हस्पिटल लगेको हो । हिजो दिनभरी अप्ठेरो भयो पछि विस्तारै ठिक हुन थालेपछि घरमा ल्याएको हो । अहिले घरमा आराम गरिरहेकी छ ।

पछि भेट्न जादा अञ्जली फरक भएकी थिई । चिन्नै नसकिने, काली, तानिएका आँखा, उदास अनुहार, जाँगर नलागेको अनुहार, बोल्दा कुनै प्रकारको उत्साह नदेखिने, केवल अरुका लागि बाँचेकी अञ्जली चिन्नै नसकिने भएकी थिई । घरकाले उस्को फोन जफत गरेछन् । निकै दया लागेर आयो भित्रभित्रै । छोटो  समय नै विरुप भएकी उ ।

धेरै समय भएको थियो अनुस र अञ्जली वीच सम्पर्क हुन नसकेको विस्तारै सम्पर्क सुत्र फिट भयो । उनीहरु वीच सम्पर्क बढ्न थाल्यो । फोन बाक्लिदै गयो । उनीहरु वीच भेटघाट पनि हुन थाल्यो । जती जती उनीको चोखो प्रेम घरले छुटाउन खेज्थे त्यति त्यति उनीहरुको प्रेम प्रगाढ हुँदै गएको थियो । त्यो प्रेमको शिलशिला चलीरहयो । निरन्तर ।

अञ्जली र म एसएलसीको तयारीका लागि भनेर  खलंगामा ट्युसन पढ्न आयौं । अञ्जली पनि कम्प्युटरको बेसिक कोर्स गर्न भनेर बजारमै बसेकी थिई । दुबै स्वतन्त्र भएका थिए । हप्ता जस्तो भेट हुन्थ्यो । माया प्रेमका कुरा हुन्थे । भावि जिन्दगीका कुरा हुन्थे उनीहरु वीच । कल्पनाको संसारमा ढुब्थे । एक अर्का विना बाच्न नसक्ने कुरा गर्थे । आखिर प्रेममा भन्दा बेसी कल्पना के पो हुन्छ र ?

दुवै जना बजारमा पढ्ने पढ्ने भएपनि पछि उनीहरुले भेट्ने समय अलि पातलो बनाए । हप्ताको एक दिन भेट हुन्थ्यो । अनुस एसएलसीको तयारीमा घनिभुत रुपमा लागेको थियो । मलाई पढाई नसा जस्तै थियो कतिले किताबी किरो सम्म भन्थे । भनौ न अनुस म जस्तै भएको थियो ।

समय बितेको पनि पत्तै भएन हाम्रो एसएलसी आउन ठिक  १५ दिन मात्र बाँकी थियो । अनुसले आफू दुई जना वीचको भेटका बारेमा मलाई भन्यो । अञ्जलीको स्वास्थ्य जाँच गर्न उ नेपालगंज जाने भइछ । भोली मात्र । थाहा छ उपचारका लागी घर नजिकैको खेत बेच्ने भएका छन् रे ? मैले सोधे के को उपचार हो र एक्कासी नेपालगंज जानु पर्ने । यहाँको डाक्टरले पथ्थरियाको शंका गरेको रहेछ । चेक जाँचको राम्रो उपकरण नभएकोले उता जानुपर्ने भएछ । छिट्टै जान भनेको छ रे डाक्टरले ।

राम्रोसंग पढ्नु भन्दै थिई । हप्ता दश दिन जति लाग्ला भन्दै थिई । मलाइ त न्यार्सो लागि राछ । उ अली निराश भावमा बोलीरहेको थियो । अञ्जलीको बारेमा खुब पिर गरिरहेको थियो । कतिवेला शंका कतै मेरी अन्जलीलाई……….। मैले भने  'पागल बौलाईस उसको प्रेममा । यस्तो बेलामा पनि उल्टो कुरा सोच्ने हो त ? कामना पो गर्ने हो त स्वास्थ्य लाभको ।'

भोली पल्टको कुरा हो । हामी बिहान साढे पाँच बजे तिर ट्युटन जाने गर्थ्यौं । त्यसैले बिहानै उठेर अनुसलाई फोन गरें । उसले आफूलाई सन्चो नभएको कुराँ गर्यो । म एक्लै पढ्न गएँ ।

ट्युसन कलास सकिएपछि म सिदै उसको कोठामा गएँ । उ सुतिरहेको थियो । मैले के भयो सोध्दा सबै वृतान्त सुनायो । म केही नबोली उस्को मोबाईल समाते म्यासेज बक्समा हेरे । पहिला कहिले काँही उनीहरु वीच झगडा हुँदा उनीहरुको सम्वाद म्यासेजमा हुन्थ्यो । ईनबक्समा अञ्जलीको नम्बरबाट आएको म्यासेज थियो । त्यसमा लेखिएको थियो “म अहिले पिपलगाउँमा छु, वजै मर्नु भएकाले खवर गर्न पाईन, मेरो विवाह भईसक्यो ।” दोहोर्याई तेहेराई पढें । तीन-चार पटक पढें विस्वासै लागिरहेको थिएन । मैले अञ्जलीलको नम्बरमा फोन गरें केटाले उठायो । सोधपुछ गर्दा श्रीमतीको नम्बर हो । किन घरीघरी फोन गरेको । उल्टो थर्काएपछि फोन राखिदिएँ ।

उपचारका लागि भनेर आफ्नो प्रेमिसँग सल्लाह गरेर गएकी आफ्नी प्रेमिकाको बिवाह भएको खबर पायो अनुसले । ठिक दुई दिन अघिको मात्र कुरा हो । त्यसको दुई दिनपछि पाएको बिवाह सन्देशले गम्भीर प्रश्न पनि खडा गरिदियो । भेटमा आफ्नो मायाँ, शरीर, यौवन आफ्नो प्रेमीको लागि भनेर गएकी केटीको अप्रत्यासित खवरले अनुस भक्कानिएको थियो । उसको मनमा भुईचालो गएको थियो ।

परीक्षा नजिकिदै गर्दा भोग्नु परेको अनपेक्षित खबरले अनुस पागलै भएको थियो । हामी सबै साथीहरुले उस्लाई समाल्न निकै प्रयास गरेका थियौं । सबै साथीहरुको प्रेरणाले उ विस्तारै सम्हालिएको थियो । परीक्षाको लागि भनेर तयारी गर्न लाग्यो । अनुसले सोच्यो होला आफूले धोका पाएँ । हामीले भन्यौ अभागी रैछ विचारी अञ्जली अनुस जस्तो मायाँ गर्ने केटा गुमाई । उ विस्तारै सम्हालीए पनि पूर्ण रुपमा परीक्षामा ध्यान लगाउन सकेको थिएन । हाम्रो सहानुभुतिले हाम्रा लागि भएपनि थोरै मुस्कुराइ दिन्थ्यो । परिस्थिति केही हदसम्म सामान्य भयो । अनुसले एसएलसी परीक्षा दियो । अञ्जलीले घरजम गरी ।

समय वित्दै जाँदा अञ्जलीको बिवाहको बारेमा अनौठा कुरा सुनिन लागे । उस्को बिवाह अहिलेको समयमा पनि भिन्नै तरिकाले भएछ । अलिकति भौतिकवादी जस्ती देखिन्थी । किनकी उ कम्युनिष्ट पार्टी समर्थित विद्यार्थी संगठनमा काम गर्थी । तर उसैको बिवाह भने पुराका पुरा धार्मिक तरिकाले भएको रहेछ । त्यो पनि परम्परागत धामीको जाल साँझीबाट । मैले चिनेसम्म उस्को लोग्नेपनि केहि हदसम्म भौतिकवादी नै थियो । सक्कली होस या नक्कली लोग्ने पनि कम्युनिष्ट पार्टी कै विद्यार्थी संगठनको नेता थियो । जे होस भौतिकवादीले अपानाएको नक्कली नराखाले भने अचम्मित भएका थियौं हामी ।

अञ्जलीको बिवाहको प्रसंग भने रमाइलो लाग्यो । अञ्जलीको लोग्नेले अञ्जलीलाई फकाउन भनेर आफ्नी साथी अम्बिकालाई लमी लगाएको रहेछ । अम्बिका अञ्जली संगै पढेकी साथी हो । अम्बिकाले अनेक उपाय लगाइछ, फकाइछ । अक्बिका भने फकाउन सिपालु देखिई उस्ले धामीले मन्त्र जपेको अक्षेता ल्याएर अञ्जलीलाई खुवाइछ – (अक्षेता भनेको देउताका धामीले मन्त्र जपेर दिएको चामल हो) । यो कुरा अञ्जलीले थाहा पाएकी रहेनछ । साथीले दिएको चामल त हो भनेर खाइछ । पछि अञ्जलीले अटेरी गर्न थालेपछि कुरा खोलिछ । अलि धम्काइछ पनि र भनिछ हेर तैले धामीले दिएको अक्षेता खाइसकिस बिहे गरिनस भने तँ बौलाउछे यता उता आदि ।

अञ्जली टुनामुनामा फसिछ । अपरीपक्क उस्ले अम्बिकाको कुरामा विश्वास गरिछ । उस्को मनमा डरको मनोविज्ञानले राज गरेछ । त्यसपछि उपचारका लागि भनेर छुट्टिएकी अञ्जलीको बिवाहको अप्रत्यासित खबर पाएको हो अनुसले ।

यसरी पनि बाल बिवाह बढ्नुको एउटा कारण थपिएको छ अक्षेता विबाह ।


अछुत कोपिला 

०७३ पुस १० जुम्ला,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै