Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ११ गते, बिहान ११:१७ बजे जुम्ला - JML, समाज

बैठक भत्ताले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बोर्ड बैठकबाट पाएको भत्ताले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

आइतबार एक औपचारीक कार्यक्रम बिच थापाले चन्दननाथ नगरपालिका १५ मा रहेको कार्तिकस्वामि निमावीमा अध्ययनरत ४५ जना दलित, अपाङ्ग र विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

घरायासि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई थोरै भएपनि राहात होस् र शुभ कार्यको थालनि होस् भन्ने उदेशयले शैक्षिक सामाग्री वितरण गरिएको बितरक थापाले बताउनुभयो । उहाले भन्नुभयो, नगर बोर्ड बैठकबाट प्राप्त भएको २ हजार ५ सय रुपैया मध्ये ५ सय पार्टीलाइ दिएँ बाँकि २ हजार रुपैया बराबरको विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हुँ । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी रहनु भएका थापाले राजनितीक स्वार्थ नभइ सेवा भावका कारणले शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।

समाजमा सबैले एकअर्काको कुरा काट्ने प्रवृति भएकाले सकारात्मक सोचको विकास गरि सहयोग गर्नु पर्ने बातावरणको सृर्जना गर्न खोजेको हुँ, थापाले भनाइ राख्नुभयो, नगरपालिका १५ निवासी आमाबुबा गुमाउनु भएका बालक रमेश कामीलाई नगरपालिकालाई सहयोग गरिदिनको लागि आफुले पहल गर्ने छु ।

यसैगरि कार्तिकस्वामि निमावीका अध्यक्ष धनेन्द्रराज गिरीले आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा युवा थापालाइ धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयमा अध्ययनरत विद्यार्थी दलित समुदायका भएकाले अन्य व्यक्तिको पनि हेराईमा फरकपन ल्याउन यस्ता व्यक्तिको सहयोग महत्वपूर्ण हुने उहाँले औँल्याउनु भयो । प्रधानाध्यापक मनप्रसाद न्यौपानेले विद्यालय स्थापना कालदेखि हालसम्म विद्यार्थीको लागि कसैले पनि सहयोग नगरेको जिकिर गर्नु भयो ।

पहिलो पटक आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीलाई सहयोग गरेको भन्दै उहाँले अनुपा थापालाई व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद सहित शुभकामना ब्यक्त गर्नुभयो । यता शैक्षिक सामाग्री निशुल्क पाउँदा विद्यार्थीले खुसि व्यक्त गरेका छन् । गाविस स्थित राजनीतिक दल, महिला, बालबालिका र सरोकारवाला निकायको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल विक्रम शाहीले जानकारी दिनुभयो ।