नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बो"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बैठक भत्ताले विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण

११ पुष २०७३, सोमबार ०५:३२


नन्दराम जैसी/पुस ११, जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाका नगर बोर्ड सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, युवा संघगठनका केन्द्रिय सदस्य अनुप थापाले नगर बोर्ड बैठकबाट पाएको भत्ताले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । 

आइतबार एक औपचारीक कार्यक्रम बिच थापाले चन्दननाथ नगरपालिका १५ मा रहेको कार्तिकस्वामि निमावीमा अध्ययनरत ४५ जना दलित, अपाङ्ग र विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।


 घरायासि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई थोरै भएपनि राहात होस् र शुभ कार्यको थालनि होस् भन्ने उदेशयले शैक्षिक सामाग्री वितरण गरिएको बितरक थापाले बताउनुभयो । उहाले भन्नुभयो, नगर बोर्ड बैठकबाट प्राप्त भएको २ हजार ५ सय रुपैया मध्ये ५ सय पार्टीलाइ दिएँ बाँकि २ हजार रुपैया बराबरको विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेको हुँ । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी रहनु भएका थापाले राजनितीक स्वार्थ नभइ सेवा भावका कारणले शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।

 समाजमा सबैले एकअर्काको कुरा काट्ने प्रवृति भएकाले सकारात्मक सोचको विकास गरि सहयोग गर्नु पर्ने बातावरणको सृर्जना गर्न खोजेको हुँ, थापाले भनाइ राख्नुभयो, नगरपालिका १५ निवासी आमाबुबा गुमाउनु भएका बालक रमेश कामीलाई नगरपालिकालाई सहयोग गरिदिनको लागि आफुले पहल गर्ने छु । 

यसैगरि कार्तिकस्वामि निमावीका अध्यक्ष धनेन्द्रराज गिरीले आर्थिक अवस्था कम्जोर भएका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएकोमा युवा थापालाइ धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयमा अध्ययनरत विद्यार्थी दलित समुदायका भएकाले अन्य व्यक्तिको पनि हेराईमा फरकपन ल्याउन यस्ता व्यक्तिको सहयोग महत्वपूर्ण हुने उहाँले औँल्याउनु भयो । प्रधानाध्यापक मनप्रसाद न्यौपानेले विद्यालय स्थापना कालदेखि हालसम्म विद्यार्थीको लागि कसैले पनि सहयोग नगरेको जिकिर गर्नु भयो ।

  

 पहिलो पटक आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीलाई सहयोग गरेको भन्दै उहाँले अनुपा थापालाई व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद सहित शुभकामना ब्यक्त गर्नुभयो । यता शैक्षिक सामाग्री निशुल्क पाउँदा विद्यार्थीले खुसि व्यक्त गरेका छन् । गाविस स्थित राजनीतिक दल, महिला, बालबालिका र सरोकारवाला निकायको सहभागितामा शैक्षिक सामाग्री वितरण गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल विक्रम शाहीले जानकारी दिनुभयो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम