मोहम्मद ईजहार शेष । पुस १३, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष । पुस १३, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको यो पुल सात बर्षमा पनि बनेन ( फोटो फिचर )

१३ पुष २०७३, बुधबार १३:३५

मोहम्मद ईजहार शेष । पुस १३, परासी । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ सालमा निर्माण कार्य सकिने भनिएको पुल सात सालमा पनि निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिषहरुलाई नदि पार गर्न समस्या भएको छ ।

भुतहादेखि महेशपुर जोडने सडकखण्डमा पर्ने उक्त पुलको वि.स. २०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री एवं लोकतान्त्रिकका अध्यक्ष गच्छदारले उक्त पुलको सिलान्यास गर्नु भएको थियो । २५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयामा ३ साल भित्र निर्माण सम्पन्न गर्ने  ठेक्का भएपनि निर्माण कार्य पुरा हुन नसकेको  सडक डिभिजन कार्यालय बुटवलका कर्मचारी राधेश्याम गौंडले बताउनु भयो । सुरुमा बिलडर्स कम्पनीलाई ठेक्का दिईएइको तर सो कम्पनिले काममा ढिलाई गरिरहेको भन्दै अहिले शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई अहिले ठेक्का लगाईएको उँहाले बताउनु भयो । सो कम्पनिले पनि कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी र बिभिन्न आम हडतालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको छ । 


समयमा पुल निर्माण नहुँदा सो बाटो बाट यात्रा गर्ने यात्रुहरु समस्या पाएका छन् भने भुतहां महेशपुर सडकखण्डमा नियमित सवारीसाधन पनि सञ्चालन हुन नसकेको स्थानीय बदरुल हक खानले गुनासो गर्नुभया । सात साल बित्दा पनि पुलको अहिले ५०  प्रतिशत पनि काम पुरा नभएकाल पुल कहिले बन्ला भन्दै स्थानीयहरु दुखेसो पोखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह