१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक : पूर्वमन्त्री बस्नेत

१५ पुष २०७३, शुक्रबार ०९:५१

पुस १५, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । 

हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज यहाँ आयोजित नवौ वार्षिक साधारण सभामा उहाँले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताउनुभयो । 

नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताउनुभयो । 

देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उहाँले भन्नुभयो“नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।” 

विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हटन नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उहाँले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताउनुभयो । 

सो अवसरमा राष्ट्रिय सहकारी बैँकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आवद्ध भएको र चार लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएको चर्चा गर्दै सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो । 

भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वालगायतले उद्योग एवम् व्यवसाय प्रवद्र्धन गर्नसके देशमा आर्थिक सङ्कट कहिल्यै नआउने बताउनुभयो । 

सहकारी संस्थाका अध्यक्ष विज्ञान राईले ७४ लाख ७५ हजार ६९९ रुपैया खुद नाफा गर्न सफल भएको र सेयर सदस्यलाई १२ प्रतिशत बोनस वितरण गरेको जानकारी दिनुभयो । संस्थाको रु ५१ करोड दुई लाख ३० हजार ४३७ को निक्षेप सङ्कलन भएको र कूल रु तीन करोड ३४ लाख ३४ हजार ७०० सेयर पुँजी रहेको पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा संस्थाका चारजना उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ भने यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थाका सदस्यको ३४ जना छोराछोरीलाई ताम्रपत्रसहित नगद जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह