2026-06-25 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एमालेको कारवाही प्रक्रियामा रहेका विष्ट सहितका कार्यकर्ता मालेमा प्रवेश

2016-12-31

नरी बडु/पुस १६, बैतडी । नेकपा एमालले अराजक गतिविधि गरी पार्टीका नेताहरुलाई सार्वजनिक रुपमा गाली गरेको आरोपमा कारवाही प्रक्रिया अगाडी बढाएका केही कार्यकताएहरुले माले प्रवेस गरेका छन् ।

पार्टीको संगठनात्मक पद्घति नमान्ने, आफ्नो जिम्माका कार्य कहिल्यै पूरा नगर्ने, अराजक भई पार्टीका नेताहरुलाई सार्वजनिक रुपमा गालि गर्दै हिडेको आरोपमा नेकपा एमाले जिल्ला कार्यसमिती बैतडीले स्पष्टीकरण साधेका एमाले जिल्ला कमिटी सदस्य माधव विष्ट, नरवहादुर विष्ट लगायतका केहि पुर्व एमाले कार्यकर्ताहरुले शुक्रबार नेकपा माले प्रवेस गरेका छन् ।

पार्टीभित्र अराजक गतिविधि गर्ने कार्यकर्ताहरुले पार्टी परित्याग गरे लाखौँ कार्यकर्ता भएको एमालेलाई कुनै असर नपार्ने नेकपा एमाले बैतडीले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

हाल पार्टीले संचालन गरेको जनअभियानमा जिल्लाका विभिन्न गाविसहरुवाट आफ्नो पार्टीमा अन्य असल, नैतिकवान, कर्मठ, योग्य र सक्षम कार्यकर्ताहरुले दिनानु दिन प्रवेश गर्नेको ओइरो लागी लागिरहदा त्यसले कुनै असर नपार्ने विज्ञप्तीमा भनिएको छ ।

“केहि अराजक व्यक्तिहरुले एमाले परित्याग गरि मालेमा प्रवेश ग¥यो भन्दैमा यसले हाम्रो पार्टीलाई कुनै पनि प्रकारको हानि नोक्सानी र क्षति नपुग्ने र वरु पार्टी भित्रका फोहर व्यक्तिहरु बाहिर जाँदा पार्टी अझ बलियो, सुदृढ हुने कुरामा हामी विश्वास गदछौ” विज्ञप्तीमा उल्लेख छ । पार्टीका कार्यवहाक अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्यकर्तालाई इमान्दार भनई संगठनमा लाग्न आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ