अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्त"/>
२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाबिहानै आमाको फोन- ‘रातो नम्बरबाट फोन आउँदा मरिन्छ रे हो त ?’

१८ पुष २०७३, सोमबार ०४:३२

अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्ताहरु स-शंकित बनेका छन् । 

सामाजिक संजालमा अहिले रातो नम्बरको बिषयमा आधाजसोले भ्रम फैलाईएको बताईरहेको बेला आधाजसोले भने अझै यही भ्रमलाई पत्याईराखेकाले यसको त्रास गाउँ-गाउँसम्म फैलिएको छ । यसै सन्दर्भमा मलाई लगभग तीन साता अगाडी धादिङ बेसी सिरान बजारमा बस्ने मेरी दिदीको बिहान साढे ४ बजे फोन आयो । फोनमा दिदिले भन्नुभयो – "भाइ रातो नम्बरबाट फोन आयो भने नउठा है, त्यस्तो नम्बरबाट फोन आउँदा उठायो भने मान्छे मर्छ रे !" मैले सिधै भनें – "त्यस्तो वाहियात कुरा भन्नकै लागि मलाई एकाबिहानै फोन गरेर निन्द्रा डिस्टर्ब गरेको ?" मैले फोन राखिदिएँ  । फेरी फोन आयो – "ख्याल-ख्याल भनेको भए मैले यति बिहानै कल गर्थें त, तलाई ?" अनि मैले उहाँलाई त्यस्तो अफवाह (भ्रम) मा नपर्न भन्दै "राति सपनामा देखेको हो कि के हो ?" भनें । उहाँ भन्नुभयो – "हैन यता त हिजो बेलुकादेखि सबैले यही हल्ला गर्दैछन् ।" 

'रातो नम्बर'को हल्ला मेरो कानमा परेको यो नै पहिलो पटक हो । हल्ला धादिङ वा नुवाकोटबाट फैलिएको बताइएको छ तर अहिलेसम्म रातो नम्बरकै कारण को-को मरे ? वा को-को घाइते भए भन्ने कुराको कुनै विवरण छैन । रातो नम्बरको कुरालाई लिएर अहिले हल्लाकै भरमा देश दौडिरहेको छ भन्न सकिन्छ । अर्को कुरा यतिका हल्ला फैलिएर त्रास बढ्दा पनि यस अफवाहको बिषयमा कुनै आधिकारिक निकायले कुनै बिज्ञप्तिनै दिएको छैन । कतिपय सर्वसाधारणमा यसको हल्लाले यति त्रास फैलिएको छ कि मकवानपुरमा हिजो फोन नउठाउँदै एक जना बेहोस बनेको घटना प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरीका अनुसार ति महिला रातो नम्बर आएकोले बेहोस नभई त्यसकै त्रासको कारण आतंकित भएर बेहोस भएको हुनसक्ने बताईएको छ । 

उता यस भ्रमको शृंखला स्वरूप आज फेरी मेरो घर अर्थात धादिङ् जिल्लाको खरी ७ बाट आमाको फोन आयो । उहाँले भन्नुभयो "कान्छा, रातो नम्बरबाट फोन आउँदा मर्छन रे नि, तिमीले थाहा पायौं ?" मैले आमाको प्रश्नको जवाफ नदीई फेरी उतैपट्टि प्रश्न गरें "कसले भनेको नि ?" आमाको उत्तर आयो "यता त जसले पनि यही भन्छन, नम्बर हेर्न नजान्नेले त स्विच अफ गरेर राख्नुपर्छ रे ! अरुले पनि गरेका छन्, त्यहि भएर मैले हिजोदेखि स्विच अफ गरेको थिएँ, अहिले तिम्लाई फोन गर्न भनेर पल्लो घरको राजकुमारलाई फोन हान्न लगाको ।" 

मैले तत्काल आमालाई सम्झाएँ "त्यस्तो हल्लाको पछी नलाग्नुस, अहिलेसम्म कोहि मरेको प्रमाण छैन र त्यस्तो हुने सम्भव पनि हुँदैन । सबै हल्ला मात्र हो । मोबाइल स्विच गरिराख्नु पर्दैन ।" मेरो सल्लाहपछी अब आमाले यो अफबाहलाई अब मान्नुहुन्न । 

मेरी आमा निरक्षर हुनुहुन्छ, तर मेरी दिदि स्नातक पास गरिसकेकी हुनुहुन्छ । यस्ता भ्रम मेरी आमा जस्ताले पत्याउनु स्वभाविक होला तर स्नातक गरेकी दिदिजस्ता यस्ता अफबाहलाई पत्याउनु भनेको मलाई सामान्य लाग्दैन । यसको मतलव मेरो दिदि गलत भन्ने पनि होइन । उहाँले झैँ अहिले यो घटनालाई पत्याईदिने लाखौँ साक्षरहरु छन् जसको कारण यो भ्रम त्रासको रुपमा फैलिईरहेको छ। अब भने यस भ्रमलाई रोक्न जिम्मेवार निकायले केहि कदम चाल्ने कि ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?