अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्त"/>
2026-10-17 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाबिहानै आमाको फोन- ‘रातो नम्बरबाट फोन आउँदा मरिन्छ रे हो त ?’

अनिल अधिकारी | पुस १८, काठमाडौँ |  केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले ब्यापकता पाउँदा सम्पुर्ण मोबाइल फोन प्रयोगकर्ताहरु स-शंकित बनेका छन् । 

सामाजिक संजालमा अहिले रातो नम्बरको बिषयमा आधाजसोले भ्रम फैलाईएको बताईरहेको बेला आधाजसोले भने अझै यही भ्रमलाई पत्याईराखेकाले यसको त्रास गाउँ-गाउँसम्म फैलिएको छ । यसै सन्दर्भमा मलाई लगभग तीन साता अगाडी धादिङ बेसी सिरान बजारमा बस्ने मेरी दिदीको बिहान साढे ४ बजे फोन आयो । फोनमा दिदिले भन्नुभयो – “भाइ रातो नम्बरबाट फोन आयो भने नउठा है, त्यस्तो नम्बरबाट फोन आउँदा उठायो भने मान्छे मर्छ रे !” मैले सिधै भनें – “त्यस्तो वाहियात कुरा भन्नकै लागि मलाई एकाबिहानै फोन गरेर निन्द्रा डिस्टर्ब गरेको ?” मैले फोन राखिदिएँ  । फेरी फोन आयो – “ख्याल-ख्याल भनेको भए मैले यति बिहानै कल गर्थें त, तलाई ?” अनि मैले उहाँलाई त्यस्तो अफवाह (भ्रम) मा नपर्न भन्दै “राति सपनामा देखेको हो कि के हो ?” भनें । उहाँ भन्नुभयो – “हैन यता त हिजो बेलुकादेखि सबैले यही हल्ला गर्दैछन् ।” 

‘रातो नम्बर’को हल्ला मेरो कानमा परेको यो नै पहिलो पटक हो । हल्ला धादिङ वा नुवाकोटबाट फैलिएको बताइएको छ तर अहिलेसम्म रातो नम्बरकै कारण को-को मरे ? वा को-को घाइते भए भन्ने कुराको कुनै विवरण छैन । रातो नम्बरको कुरालाई लिएर अहिले हल्लाकै भरमा देश दौडिरहेको छ भन्न सकिन्छ । अर्को कुरा यतिका हल्ला फैलिएर त्रास बढ्दा पनि यस अफवाहको बिषयमा कुनै आधिकारिक निकायले कुनै बिज्ञप्तिनै दिएको छैन । कतिपय सर्वसाधारणमा यसको हल्लाले यति त्रास फैलिएको छ कि मकवानपुरमा हिजो फोन नउठाउँदै एक जना बेहोस बनेको घटना प्रहरीले जानकारी दिएको छ । मकवानपुर प्रहरीका अनुसार ति महिला रातो नम्बर आएकोले बेहोस नभई त्यसकै त्रासको कारण आतंकित भएर बेहोस भएको हुनसक्ने बताईएको छ । 

उता यस भ्रमको शृंखला स्वरूप आज फेरी मेरो घर अर्थात धादिङ् जिल्लाको खरी ७ बाट आमाको फोन आयो । उहाँले भन्नुभयो “कान्छा, रातो नम्बरबाट फोन आउँदा मर्छन रे नि, तिमीले थाहा पायौं ?” मैले आमाको प्रश्नको जवाफ नदीई फेरी उतैपट्टि प्रश्न गरें “कसले भनेको नि ?” आमाको उत्तर आयो “यता त जसले पनि यही भन्छन, नम्बर हेर्न नजान्नेले त स्विच अफ गरेर राख्नुपर्छ रे ! अरुले पनि गरेका छन्, त्यहि भएर मैले हिजोदेखि स्विच अफ गरेको थिएँ, अहिले तिम्लाई फोन गर्न भनेर पल्लो घरको राजकुमारलाई फोन हान्न लगाको ।” 

मैले तत्काल आमालाई सम्झाएँ “त्यस्तो हल्लाको पछी नलाग्नुस, अहिलेसम्म कोहि मरेको प्रमाण छैन र त्यस्तो हुने सम्भव पनि हुँदैन । सबै हल्ला मात्र हो । मोबाइल स्विच गरिराख्नु पर्दैन ।” मेरो सल्लाहपछी अब आमाले यो अफबाहलाई अब मान्नुहुन्न । 

मेरी आमा निरक्षर हुनुहुन्छ, तर मेरी दिदि स्नातक पास गरिसकेकी हुनुहुन्छ । यस्ता भ्रम मेरी आमा जस्ताले पत्याउनु स्वभाविक होला तर स्नातक गरेकी दिदिजस्ता यस्ता अफबाहलाई पत्याउनु भनेको मलाई सामान्य लाग्दैन । यसको मतलव मेरो दिदि गलत भन्ने पनि होइन । उहाँले झैँ अहिले यो घटनालाई पत्याईदिने लाखौँ साक्षरहरु छन् जसको कारण यो भ्रम त्रासको रुपमा फैलिईरहेको छ। अब भने यस भ्रमलाई रोक्न जिम्मेवार निकायले केहि कदम चाल्ने कि ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु