पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा"/>

५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

१९ पुष २०७३, मंगलवार ०८:५२


अमृत बास्तोला, पुस १९, तेह्रथुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि एक करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज घोषणा गर्नु भएको छ । तेह्रथुमको सक्रान्तिबजार भएको भिषण आगलागी क्षेत्रको स्थलगल निरीक्षण तथा अग्नीपीडितसँग भेटपछि मंगलबार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैविक राहत कोषबाट १ करोड रुपैयाँ उपलब्ध गराउने बताउनु भयो । 

दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै सक्रान्तिबजारका अग्निपिडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्मिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिने समेत प्याकेजमा घोषणा गर्नु भयो । 

तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धि ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताउनु भयो । जिल्लाको विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन समेत दिएको बताउनु भयो । 

बसन्तपुर म्याङलुङ सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मटोर पुलको निर्माण, तमोर नदीको तटीय  क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यत्रमा मार्पmत गरिने प्रधानमन्त्री दाहालले बताउनु भयो । 

प्रधानमन्त्री दाहालले मुलुक अहिले सबैभन्दा बढी संकटको घडीमा रहेको भन्दै यसको समाधान तर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको उल्लेख गर्नु भयो । प्रधानमन्त्री दाहालले आठराई क्षेत्र ऐतिहासिक र थुप्रै नेताहरुको जन्मस्थान भएर पनि विकासमा पछि परिरहेको देखेको भन्दै आगलागीपछि राज्यकै ध्यानाकर्षण गर्न सकेकाले अब यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदमा एमाले प्रमुख प्रतिपक्षी भएपनि सरकारका सकारात्मक कदम र समस्याहरु सुल्झाउन सधै एमालेको साथ र समर्थन रहने बताउनु भयो । कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस केन्द्रिय सदस्य तथा सभासद सीता गुरुङ, भवानी प्रसाद खापुङ र गणेश विमलीले मन्तव्य राख्नु भएको थियो  । 

पौष १ गते भएको आगलागीमा परि सक्रान्तिबजारका २४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने अन्य ५ घरमा आंशिक क्षति पुगेको थियो । आगो निभाउन ३ वटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । प्रहरी मचुल्का अनुसार आगलागीबाट १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर खरानी भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम पूर्वानुमान: यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो) बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप? ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु