नवलपरासीका मुसहरको पिडा: छाक टार्नेदेखि जाडो काटनेसम्म

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
5 Min Read

पुस २०, नवलपरासी । जाडोले कठन्ग्रिदै गएका मुसहरहरुको जिवन कष्टकर बनेको छ । तराईमा बढदो जाडोले मुसहर बस्तीनै समस्यामा परेको छ ।

ज्याला मजदुरीको पेशा अंगाली छाउनीको घरमा बस्दै आएका मुसहरहरु जाडो कपडाको अभावले जाडो खेप्दै आएका छन् । दिनचर्या चलाउन गाउँगाउँमा ज्याला मजदुरी गर्ने एवं नजिकको खोलानालाबाट माछा मारि विक्रीवितरण गर्ने गरेका छन् ।

नवलपरासीको गुठीपर्साैनी वडा नम्बर ३ कठहवा स्थित मुसहबस्तीका अधिकांश महिला पुरुषहरु ज्याला मजदुरी नै गरि पेट पाल्ने गरेका छन् । ४५ घरधुरी रहेको कठहवा मुसहर बस्ती जिल्लाको सदरमुकाम परासीदेखि करिब ४० किलोमिटर सिमाक्षेत्रमा अवस्थित छ । शिक्षा एवं जनचेतनाले निकै पछाडी परेका ति मुसहर समुदायलाई सरकारका विभिन्न सेवा सुविधाबाट बन्चित छन् । अनुपातमा एक घरमा लोग्ने स्वास्नी र बच्चा गरि ५ जनाको परिवार हुँदो रहेछ । बस्तीका महिलाहरु गाउँगाउँमा उखु काटने, जमिन्दारको खेतीपाती गर्ने र ज्याला मजदुरीमा व्यस्त रहने गरेछन् भने पुष मान्छे दिल्ली, बम्बई, लोधियाना र अर्काको गाउँमा गई ज्याला मजदुरी कमाउने गरेका छन् ।

कसरी चल्दैछ मुसहरको दैनिकी ?

सयांै वर्षदेखि अटेरपटेर, खरफुस र बाँसको छाउनी (झोँपडी) को घर बनाई बस्दै आएका मुसहर बस्तीमा एक पनि पक्की घर छैन । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी जस्ता अत्यावश्यक सेवासुविधाबाट बन्चित रहेका मुसहरबस्तीमा सरकार तथा यसको सम्बन्धित निकायको पहुँच पनि न्युन छ । बस्तीका अधिकांश बालबालिकाहरु बा, आमा संगै ज्याला मजदुरी तथा खोलानालामा माछा मार्ने र बाख्रा चराउने जस्ता काममा व्यस्त रहने गरेका छन् । बालबालिकाहरु जाडो कपडा नभएकै कारण अहिले विद्यालय जान पनि सकेछैनन । बालबालिका कपडा लत्ता, किताब, कपीकलम, झोलाको अभाव संगै बा,आमाको काममा हात बटाउने कारणले नै विद्यालयको मुख हेर्न नपाउने स्थानिय स्थानिय छेदी मुसहरले बताए ।

आर्थिक अभावमा गाउँभन्दा बाहिर विदेश समेत जान नपाएका मुसहर युवाहरु पनि गाउँकै जमिन्दारहरुको खेतीपातीमा अल्झेका छन् । मुसहबस्तीमा एक जना मात्र विदेश छन् । बस्तीमा भरिमा कुनै व्यक्ति एस एल सी पास छैनन् । खासगरि विद्यार्थीहरु कक्षा ७, ८ सम्म पठनपाठन पुरा गरेपछि बा,आमाको काममा हात बटाउन बाध्य भई शिक्षाबाट पछाडी पर्दै गएका छन् । विहान काममा गएर मात्र साँझाविहान परिवारको छाँक टार्ने मुसहरहरु परिवारका घरको अवस्थापनि दयनिय रहेको स्थानिय छेदी मुसहरले बताए ।

जाडोमा शिरकडसना र न्यानो कपडाको अभावले परालको ओछ्यान र शिरक समेत बनाई दिन काटने गरेछन् । बस्तीमा १० वर्षमुनिका बालबालिकाहरु बढि छन् जुन बा,आमाको व्यवस्तताले विद्यालयको मुख समेत हेर्नै पाउदैनन् । मुसहर बस्तीमा विशुद्ध खानेपानी छैन, विद्यालय छैन, विजुली पनि छैन ।

विहान सुतेर उठेपछि हतारहतारमा खाने पकाउने खाने कामले सम्पन्न भएपछि मुसहरहरु काममा दौडी हाल्न पर्ने बाध्यता छ । करिब १० वर्षअगाडी सो बस्तीमा बढि प्रदुषण एकपटक आएको हैजा महामारीले १५ भन्दा बढि मुसहरले ज्यान गुमाएका थिए । चेतनाकै अभावले सरसफाई, जन्मदर्ता, नागरिकता, योजना निर्माण, र सामाजिक भत्ता जस्ता आवश्यक सेवासुविधाबाट बन्चित छन् ।

मरिमेटी काम गर्ने मुसहरहरु साँझ जाँड रक्सी खाएर हो हल्ला पनि गर्ने गरेको पाईएछ । दिनभरि कमाएको तलब साँझ विहानको छाँकको व्यवस्था मिलाएपछि जाँडरक्सीमा भ्याउने गरेको स्थानियले बताए । बचतको बानी नबसेकै कारणले आर्थिक रुपले निकै पछी परेका मुसहरहरु विभिन्न अत्यावश्यक सामाग्रीहरु किनमेल गर्न सकेका छैनन् ।

मुसहर बस्ती बर्तमान सांसद कलवार र तमलोपा बरिष्ठ उपाध्यक्ष त्रिपाठीकै गाउँ

गुठीपर्साैनी वडा नं. ३ कठहवाँ कै अर्काे टोल तमलोपाका बरिष्ठ उपाध्यक्ष एवं पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री ह्देश त्रिपाठीको गाउँ हो । लागातार ४ पटकदेखि सांसद एवं मन्त्री खादै आएका बरिष्ठ उपाध्यक्ष त्रिपाठी अरु क्षेत्रको विकास गरेपनि आफ्नै गाउँको विकासमा कुनै पहल नगरेको देखिन्छ ।

१ सय २५ घरधुरी रहेको त्रिपाठीको गाउँमा त्रिपाठी सहित करिब ४० घर मात्र पक्की घर छन् जसमा मुसहर टोल पुरै छाउनी हो । पटक पटक मन्त्री खादै आएको त्रिपाठीले आफ्नो व्यक्तिगत विकास बाहेक निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारहरुको विकास नगरेपछि स्थानियहरु बाध्य भई गत दोश्रो संविधासभाको निर्वाचनबाट अर्काे नेता वर्तमान सांसद देवकरण कलवार (सन्तु) लाई जिताएका हुन् ।

सांसद कलवार (सन्तु) को पनि घर गुठीपर्साैनी नै हो । सांसद कलवारको पनि ३ वर्ष कटिसक्दा मुसहर बस्तीका लागि कुनै किसिमको पहल नभएको स्थानिय रामजति मसुहरले दुखेसो पोखे । सांसद कलवारले पनि आफनो कार्यकर्तालाई मात्र खुशी पार्ने कामले निर्वाचन क्षेत्र नं. ६ को विकास ओझेलमा परेको स्थानियले गुनासो गरे ।

जिल्लाको सबै भन्दा बढि श्रोत साधन भएको निर्वाचन क्षेत्र नं. ६ अरु निर्वाचन क्षेत्रभन्दा पछाडी पर्दै गएछ । विकासको दृष्किोणले पछाडी पर्दे गएको क्षेत्र नं. ६ अहिले जिल्लाको सबैभन्दा बिकट क्षेत्रको रुपमा  लिने गरिन्छ ।  यसै क्षेत्रमा गण्डक ब्यारेज, त्रिवेणी धाम, मदारबाबा, उखु र केराको पकेट क्षेत्रहरु छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply