१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिनाउ पुल मर्मत सुरु

२० पुष २०७३, बुधबार ०८:०६

पुस २०, बुटवल । देसकै प्रमुख राजमार्ग पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीको पक्की पुलको मर्मत सम्भार सुरु भएको छ । 

बुटवललाई पश्चिम नेपालसँग जोडने महत्वपूर्ण तिनाउ पुलको सतह भत्केर छियाछिया भएको महिनौँसम्म पनि जीर्ण अवस्थामा रहेको थियो । 

पुलको मर्मत सम्भार भएपछि पूर्व–पश्चिम सञ्चालन हुने सवारी साधन र यात्रुले अब राहत पाउने छन् । दैनिक करिब १० हजार साना ठूला सवारी साधन वारपार गर्ने तिनाउ पुल सवारी साधन र यात्रु दुबैका लागि धराप बन्दै गएको थियो । 

पुलको सतह भत्केर सयौँ खाल्डा बनेको र ढलान गर्दाका बखतका फलामे छड तथा सरिया बाहिरै निस्केकाले पुल जोखिमयुक्त बनेको हो । 

पुलमर्मत तथा सम्भारमा सहजताको वातावरण निर्माण गर्न सडक डिभिजन कार्यालय बुटवलले पुल मर्मत अवधिभरका लागि यातायातलाई एकतर्फी रुपमा सञ्चालन गरिरहेको छ । 

सडक कार्यालयका अनुसार तिनाउ पुल भएर बुटवलबाट पश्चिमतर्फ जाने सवारी साधन तिनाउ पुलबाटै एकतर्फि सञ्चालन हुने व्यवस्था मिलाइएको र पश्चिमबाट बुटवलतर्फ जाने सम्पूर्ण सवारी साधन बेलवास पुल हुँदै तिनाउ डाइभर्सनबाट देवीनगर हुँदै आउने व्यवस्था मिलाइएको छ । 

आवश्यक जनशक्ति र मेसिन प्रयोग गरी तीव्रताका साथ पुलको सतह पिच गर्ने कार्य भइरहेकाले पाँच दिनभित्रै पुल तयार हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी गराउनुभयो । 

यसको काम सम्पन्न गर्नका लागि झन्डै रु ३५ लाख लागत अनुमान गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह