पुस २२, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ व"/>

2026-07-10 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप

2017-01-06

पुस २२, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गरे ।

आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो । यसअघि अस्पतालमा १८ वटा सघन उपचार कक्ष रहेका थिए भने अहिले ३४ श्यया थप गरी ५२ श्यया पु¥याइएको हो । अब अस्पतालमा नवजात शिशु राख्नका लागि २५ वटा श्यया, २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि १० वटा श्यया र शल्यक्रिया पछि राख्नका लागि वटा १० श्यया सघन उपचार कक्षमा छन् र सरुवा रोग लागेका बच्चालाई राख्नका लागि दुई वटा श्यया उपलब्ध हुने भएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अस्पताल सुधारका लागि स–साना कुराले ठूलो फरक पार्ने भएकाले त्यस्ता कुरामा ध्यान दिनुपर्ने बताए।

उनले भने, “देशका जुनसुकै स्थानबाट कान्तिमा उपचारका लागि आउने बालबालिका श्यया नपाएर वा चिकित्सकको समय नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागिपरेको छ । अस्पतालले सुधारका योजनाका लागि आवश्यक कार्यक्रम बनाई पेस गरेमा तुरुन्तै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेल देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै ७०० बिरामी बच्चा लिएर अभिभावक आउने गरेको बताउँछन् । तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने उनको अनुभव छ ।

उनका अनुसार सघन उपचार कक्षमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक डा अजित रायमाझीले श्ययाको अभावमा निजी अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सघन उपचार कक्ष थप गरेको बताए। सघन उपचार कक्ष विभाग भित्रै फार्मेसी, स्टोर, ल्याब, क्यास काउन्टर र सोधपुछ कक्ष व्यवस्था गरिएको पनि गरिएको छ । 

कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न सरकारले रु पाँच करोड र जापान सरकारले १५ करोड गरी २० करोड रुपैयाँ सहयोगमा थप ३४ श्ययाको सघन उपचार कक्षको निर्माण गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट