2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीका एलडिओको एक महिनामै सरुवा, यस्तो छ रहश्य

पुस २४, परासी | बाँके जिल्लाबाट सरुवा भई नवलपरासी आएका स्थानिय विकास अधिकारी जिवलाल भुषालको एक महिनामै  काज सरुवा भएको छ । स्थानिय विकास अधिकारी भुषालले जिल्ला आउने वित्तिकै जिल्लाका विभिन्न खोलाहरुबाट अवैध ढुङ्गागिट्टी बालुवा र टिप्परहरु नियन्त्रणमा लिईएपछि खोला ठेकेदारहरुले भुषालको धादिङ्ग काज सरुवा गराएका हुन् । 

तीन महिना भित्र स्थानिय विकास अधिकारी भुषालले जिल्लाको सबै खोलाहरुबाट अवैध रुपमा निकासी हुने नदीजन्य पदार्थहरु रोकी जिल्लाको राजस्व वृद्धि गर्ने प्रतिबद्धता जनाएपछि ठेकेदारहरु भुषालको सरुवाका लागि ३ सातादेखि मन्त्रालमा दौडधुप गर्दै आएका थिए । भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरि स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । करोडौंको स्टकहरु जफत र करोडौंकै सवारीसाधनहरु निलाम हुने अवस्था देखिएपछि ठेकेदारहरुले एलडिओ भुषालको धादिङ्ग र एलडिओलाई सहयोग गर्ने योजना तथा प्रशासकिय अधिकृत प्रकाश पन्थीको मन्त्रालय काज सरुवा गराएको जिविसले दावी गरेको छ ।

स्थानिय विकास अधिकारी भुषालले जफत गरिएको स्टकहरु निलाम गर्ने र नियन्त्रणमा लिइएको सवारी साधनहरुलाई कार्वाही गर्न खोज्दा ठेकेदार कम्पनीेले पुनरावेदनमा रिट दायर गरेपछि अदालतबाट स्टे अर्डरका आदेश जारि भएको थियो । ठेकेदारहरुले जिविसको नियन्त्रणमा रहेका २७ टिप्पर मध्ये १६ वटा टिप्पर ३५ लाख रुपिया जरिवाना तिरीे छुटाएका थिए भने अरु बाकी टिप्पर, जेसिभीहरु अझै जिविसको नियन्त्रणमा छन् ।

स्थानिय विकास अधिकारीले आफ्नो कार्यकालमा जिल्लाका सबै खोलाहरुको वातावरणिय प्रभाव मुल्याङ्कन परिक्षण गरि खोलाहरु ठेक्क प्रकृयामा ल्याउने र अवैध उत्खनन रोक्दै चोरी तस्करी गर्नेलाई कारवाही गर्ने लक्ष्य लिएपछि ठेकेदारहरुले भुषाल र पन्थीको सरुवा गराएको मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आरोप लगाएको छ ।

राम्रो काम गर्दै आएका एलडिओ र योजना अधिकृतको सरुवा भएको खबर सुनेपछि मोर्चाले आपत्ति जनाउदै हिजो शुक्रबार तिनको सरुवा रोकाउन जिल्ला पं्रशासन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण समेत जनाएको छ । मोर्चाका अनुसार एलडिओ सरुवा हुनु भनेको निजामति कर्मचारी एनको खिल्ली उडाउनु हो । यसले खोलाबाट अवैध उत्खननमा तस्करहरुको मनोबल बढनुका साथै जिल्लाका विभिन्न योजनाहरु र आव २०७४/०७५ को जिल्ला परिषद समेत पनि प्रभावित हुने संकेत देखिएको मोर्चाले दुख व्यक्त ग¥यो । त्यति मात्र होईन एलडिओ र योजना अधिकृतको सरुवाले जिल्लाको कराडांै राजस्व चुहावट भई जिल्ललाई प्रत्यक्ष घाटा लाग्ने स्थनयलेहरुले दुख व्यक्त गरे ।  

त्यसैबिच एलडिओ सरुवा रोकाउन माग गर्दै मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीे एक घण्टा परासी चक्काजाम गर्दै जिविसको राजस्व शाखामा तालबन्दी गरेको छ । जिल्लामा भैरहेको राजस्व चुहावट रोक्न सक्रिय भएको स्थानिय विकास अधिकारी भुषालको ठेकेदारहरुले सामदाम दण्डभेद प्रयोग गरि धादिङ्ग काज सरुवा गराएपछि मोर्चाले सरुवाको विरोध गर्दै आज दिउसो परासी बजारमा एक घण्टा चक्का जाम गरेका हुन् । परासी बजारको बुद्धचोक स्थित विभिन्न नाराबाजी गर्दै मोर्चाले सवारीसाधनहरुलाई एक घण्टा रोकेका थिए ।

त्यस्तै मोर्चाले एलडिओ सरुवा फिर्ता गराउन सरकारलाई दबाब दिन जिविसको राजस्व शाखामा तालाबन्दी पनि गरेका छन् । तालाबन्दी गर्दा प्रहरीले मोर्चालाई हस्तक्षेप गर्न खोज्दा प्रहरी र मोर्चाबिच एकछिन त झक्काझक्कि समेत भएको थियो । कर्मचारीहरुकै समर्थनमा हामीले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम गरिरहदा प्रहरीले हामीलाई हस्तक्षेप गरेको मोर्चाले आरोप लगाए ।

त्यसैगरि स्थानिय विकास अधिकारी भुषालले आफ्नो ३२ दिनको कार्यकालमा गरेको कार्यसम्पादन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । जिल्लाका विभिन्न राजनितिक दल र पत्रकारहरुको माझमा स्थानिय विकास अधिकारी भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट जफत गरिएको नदीजन्य पदार्थहरु निलाम गर्ने प्रकृया अगाडी बढाइएको बताउनु भयो । भुषालले जिल्लामा अवैध चोरी निकासी नियन्त्रण गर्न समातिने प्रति जेसिबीलाई ५० हजार, प्रति टिप्परलाई २५ हजार र प्रतिट्याक्टर १५ हजार जरिवाना लगाईने पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

सम्मेलनमो क्रसरहरुको अनुगमन गर्ने, खोलाहरुलाई ठेक्क प्रकृयामा ल्याउने, जिविसको बेरुजुहरु घटाउने, अवैधानिक रुपमा बाँडिएको योजनाहरु कार्यान्वय नगर्ने र कार्यालयलाई चुस्तदुरुस्त बनाउदै सेवालाई प्रभावकारी बनाउने जिविसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह