१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ: दाहाल

२५ पुष २०७३, सोमबार ०८:४५

पुस २५, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताउनुभएको छ । 

पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताउनुभयो । 

संविधान संशोधनका विषयमा भने राजनीतिक दलका बीचमा वातावरण बनिनसकेको भन्दै उहाँले तर पनि संविधान घोषणाको समयमा तीन दलका बीचमा संविधान संशोधन गर्ने विषयमा सहमति गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो–“संविधान घोषणा गर्दा संविधान संशोधन हुन्छ भन्ने उद्घोष गरिएअनुरुप अहिले प्रस्ताव गरिएको हो ।” मधेसी, थारुलगायतका माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक भएको भन्दै उहाँले सबैको स्वीकार्यता बढाउन संविधान संशोधन आवश्यक परेको बताउनुभयो । 

संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउँदै प्रधानमन्त्री दाहालले यतिबेला देश राजनीतिक इतिहासको विशेष मोडमा रहेको बताउनुभयो । 

संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार भएकाले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । 

चितवनको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आफू लागेको भन्दै उहाँले छिट्टै विशेष प्याकेजको घोषणा गर्ने बताउनुभयो । 

वीरेन्द्र आदर्श उच्च मावि प्राङ्गणमा निर्माण गरिएको जनयुद्ध र जनआन्दोलनमा माओवादी पार्टीका तर्फबाट जिल्लामा सहिद भएका १०४ जनाको नामावली सो वाटिकामा राखिएको छ । 

वाटिका निर्माण समितिका संयोजक खिलप्रसाद घिमिरेका अनुसार रु ११ लाखको लागतमा वाटिका निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह