२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि आज नेपाल आउँदै

२०७३, २८ पुष बिहीबार ०३:०८

विजय थापा । पुस २८, वाशिंगटन डीसी | पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि आज नेपाल आउने पक्का भएको छ । बुधबार डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । 


अमेरिकाको फिला डेल्फियाबाट अधिकांस खेलाडीहरु नेपाल जाने तय भएको छ । बिदाई तथा शुभकामना कार्यक्रममा अन्तिम समयमा आएर हिजो राति मात्र हवाई जहाजको टिकट लिईएको जानकारी दिइएको छ । गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको थियो । आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको थियो ।

कार्यक्रममा एएनए नेपाल अमेरिकन भकुण्डो टोलि का संयोजक चन्द्र लामाले हामी जित्ने छौ भनेर जान लागेको बताए । लामाले खेलमा अनुशासन भन्ने सबै भन्दा ठुलो कुरा रहने बताए । 

खेलाडीहरुलाई प्रोत्साहन दिन शुभकामना दिने क्रममा पूर्व राष्ट्रिय खेलाडी बिना खड्काले यो कार्यक्रमको लागि धेरै दुख पाईयो भन्दै अन्तिममा सुख पाएकोले सबै बिर्सेको बताईन । राम्रो कामको लागि दुख गर्नु राम्रो कुरा बताइन । अनुसासनलाई ध्यान दिन अनुरोध गर्दै प्रशिक्षकको कुरा सुन्नु पर्ने बताईन ।

डीसी क्षेत्रमा बसोबास गर्ने प्राध्यापक गोपी उप्रेती(बिद्या वारिधि )ले खेलाडिलाई सम्बोधन गर्दै यहाहरुले ईतिहास बनाउदै हुनु हुन्छ भनि खेलाडिलाई प्रोत्साहन गरेका थिए । यो सबैभन्दा राम्रो अवसर भन्दै शुभकामना दिएका थिए । शुभकामना दिदै कृष्ण भण्डारी तथा कमल भुषालले उत्कृष्ट खेलाडी रहेकाले जित्ने आशा लागेको बताए ।

शुभकामना मन्तब्य दिने क्रममा एरो ट्राभल्स का संचालक राकेश तुलाधरले पनि शुभकामना दिदै खेलाडीलाई सम्झाउदै यहाहरु उत्प्रेरित हुनु पर्छ भने । नेपाल जाने खेलाडी बिज्ञान श्रेष्ठले एएनएलाई बिशेष धन्यबाद दिदै हिजो सम्म टिकट को अतोपत्तो नभएको तर रातारात व्यवस्थापन गरेकोमा हर्ष व्यक्त गरे ।

नेपाल अमेरिकन भकुण्डो टोलि नेता प्रलय राज भण्डारी ले एएनए लाई धन्यवाद दिदै हामी खेल्न गएका हौ भने । हाम्रो पहिलो प्राथमिकता भनेको खेल हो परिवार दोश्रो हो भने ।

एएनएका अन्तरिम सभापति मेदिनी अधिकारीले सबैलाई कुनै पनि परिणाम लिन सजिलो छैन । समुह मा जोश हुनु पर्छ । मन्तब्य कै क्रममा नेपाल जाने खेलाडी सबै लाई आजीवन सदस्य बन्न आग्रह समेत गरे । र खेलाडी लाई एएनएन बन्न र नेपाल जानु अगाडी हौशला प्रदान गर्न सपथ ग्रहण गराए । अधिकारीले पनि  खेलाडीमा अनुशासन हुनु पर्ने र आफूले आफैलाई गर्व गरौ भन्दै आहा गोल्ड कप जितेर ल्याउन प्रोत्साहन गरे ।

बिदाई तथा शुभकामना दिने क्रममा वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले खेलाडीलाई शुभकामना दिदै उत्तर अमेरिका कै इतिहासमा पहिलो पटक अमेरिका बाट दोश्रा पुस्ताका खेलाडी मातृभूमि भकुण्डो खेल्न जाने अवसर पाएकोमा हर्ष लागेको बताए । छोटो समयमा यस्को तारतम्य मिल्न गएको र कसरी सम्पूर्ण खेलाडीलाई यत्रो ठुलो खर्च जुटाउन सकियो भन्ने बारेमा संक्षेपमा कुरा राखे ।

उनले अगाडी भने आर्थिक पारदर्शिताको कुरा आउछ भन्दै यो व्यक्तिगत भन्दा समूहको कुरा हो भन्दै संस्थाले गरेको कुरा सार्बजनिक हुनु पर्छ भने र जितेर आउनेछौ भनेर सबै खेलाडीलाई उत्प्रेरणा गरे ।

गत दिसम्बर १७ तारीख डीसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए भने आज भएको बिदाई कार्यक्रममा पनि शुभकामना संदेश पठाएका थिए । अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्वकांक्षी परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता