2026-10-16 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ

2026-06-23

काठमाडौँ | भक्तपुरमा एक जना युवकको हत्या भएको छ। भक्तपुर नगरपालिका-१ नगरकोटमा एक जना युवकको हत्या भएको प्रहरीले जनाएको छ। महोत्तरी मिथिला नगरपालिका-९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीको हत्या भएको हो। उनीमाथि केही युवाहरूले झगडा गर्नेक्रममा चक्कु प्रहार गरेको हो।

हत्यामा संलग्न भएको आरोपमा उदयपुर त्रियुगा नगरपालिका-१३ का ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घासका ३५ वर्षीय रमेश कुँवर पक्राउ परेका छन्। उनीहरू तीनै जना भक्तपुरमा बस्छन्। सोमबार राति करिब १० बजे उनीहरूबीच झगडा हुँदा चक्कु प्रहारबाट रसाइली गम्भीर घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि केएमसी अस्पताल सिनामंगल पठाइएको हो।

उपचारको क्रममा रसाइलीको मंगलबार बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु