Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

By Sajha Sabal 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

संसदीय दलको बैठकपछि साँझ ६ बजे पार्टी सचिवालय बैठक पनि आयोजना गरिएको छ। सचिवालय बैठक पार्टी अध्यक्ष के. पी. शर्मा ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ। बैठकहरूमा समसामयिक राजनीतिक विषय तथा पार्टीका गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।