पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ । 
2026-09-18 11:37 PM
काठमाडौँ - KTM

क्यान इन्फोटेक मेला माघ १३ देखि


पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ । 
विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २३औं संस्करण हो ।
 मेलाको प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहने तथा ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २ सय २२ स्टलहरु रहने क्यानले जनाएको छ ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई .टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शतप्रतिशत स्टल बुकिङ्ग भईसकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको क्यान महासंघले जनाएको छ ।
गत वर्षको क्यान ईन्फोटेकमा तीन लाख ६३ हजार चार सय ५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक चार लाखभन्दा बढी अवलोकन कर्ताहरु आउने क्यानले जनाएको छ । मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क एकसय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।
माघ १६ गते आईतबारको दिनलाई विजनेस डे को रुपमा घोषणा गरिएको छ । मेलामा नेपाल टेलिकमले नयाँ प्रविधिको फोरजी मुख्य आकर्षणका रुपमा प्रदर्शनीमा राख्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई