पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ । 
१२ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

क्यान इन्फोटेक मेला माघ १३ देखि

२९ पुष २०७३, शुक्रबार १०:१८


पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ । 
विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २३औं संस्करण हो ।
 मेलाको प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहने तथा ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २ सय २२ स्टलहरु रहने क्यानले जनाएको छ ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई .टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शतप्रतिशत स्टल बुकिङ्ग भईसकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको क्यान महासंघले जनाएको छ ।
गत वर्षको क्यान ईन्फोटेकमा तीन लाख ६३ हजार चार सय ५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक चार लाखभन्दा बढी अवलोकन कर्ताहरु आउने क्यानले जनाएको छ । मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क एकसय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।
माघ १६ गते आईतबारको दिनलाई विजनेस डे को रुपमा घोषणा गरिएको छ । मेलामा नेपाल टेलिकमले नयाँ प्रविधिको फोरजी मुख्य आकर्षणका रुपमा प्रदर्शनीमा राख्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह